पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको उद्योग व्यवसायलाई व्यवस्थित गर्दै आर्थिक स्तरोन्नतिका लागि औद्योगिक व्यवसाय नीति ल्याउन लागिएको बताएका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकी प्रदेशको दोस्रो अधिवेशन तथा पाँचौं साधारणसभा एवं महिला उद्यमी सम्मेलन पोखरामा मंगलबार उद्घाटनमा मुख्यमन्त्री पोखरेलले यसका लागि सरोकारवालासँग सल्लाह गरेर अगाडि बढ्ने बताए । प्रदेशमा ठूला उद्योगको सम्भावना नभए पनि ससाना घरेलु उद्योगलाई नै प्रोत्साहन गर्ने सरकारको नीति भएको उल्लेख गरे ।
कोरोनाका कारण प्रदेशको उद्योग व्यवसाय ठप्प रहेकाले व्यवसायीलाई थोरै भए पनि राहत होस भने व्यवसाय जीवन रक्षा कोष सञ्चालनमा ल्याएको मुख्यमन्त्री पोखरेलले बताए । उनले भने, ‘अघिल्लो सरकारले नै थालेको यो कार्यक्रम सोचे अनुसार त सफल भएको छैन, तर यसलाई अझ प्रभावकारी कसरी बनाउन सकिन्छ भनेर छलफल गरिरहेका छौं ।’
कार्यक्रममा महासंघका अध्यक्ष श्याम गिरीले घरेलु उद्योगलाई जहिले पनि पुँजीकै अभाव हुने बैंक तथा वित्तीय संस्था पनि लगानीका लागि हिचकिचाउने गरेको भनाइ राखे । उनले भने, ‘लघु तथा घरेलु उद्योगसम्म पुँजीको पहुँच पु¥याउन ३ तहकै सरकारले पहल गर्नुपर्ने हुन्छ ।’
महासंघ गण्डकी प्रदेशका अध्यक्ष हरिहर थापाले प्रदेश सरकारले सञ्चालन गरेको व्यवसाय जीवन रक्षा कोष प्रभावकारी नभएकाले परिमार्जन जरुरी रहेको भनाइ राखे । साना लगानीका घरेलु उद्योगले बजारका सामानसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था नरहेको भन्दै उनले बजारीकरणका लागि प्रदेश सरकारले सहजीकरण गदिन आग्रह गरे ।प्रदेशमा घरेलु उद्योगहरुको दर्ता ठूलो संख्या रहे पनि ती उद्योगहरु कुन अवस्था छन्, केकस्तो उत्पादन गरिरहेका छन् भन्ने बारेमा कुनै तथ्यांक नरहेको उनको भनाइ थियो । गण्डकी प्रदेशका घरेलु उत्पादनको बजारीकरणका लागि पोखरामा कोसेली घर स्थापना हुनेपर्ने उनले बताए ।
उक्त अवसरमा महासंघको केन्द्रीय महिला उद्यमी समिति अध्यक्ष अनुशीला उपाध्यायले महिलाहरुद्वारा सञ्चालित घरेलु उद्योगको अवस्था अझ दयनीय रहेको भन्दै सरकारले त्यसतर्फ ध्यान दिन आग्रह गरिन् । उक्त अवसरमा म्याग्दीलाई उत्कृष्ठ जिल्लाका रुपमा सम्मान गरिएको थियो ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ