कांग्रेसको प्रदेश अधिवेशन आज

कांग्रेसको प्रदेश अधिवेशन आज

kangresh

काठमाडौँ । नेपाली कांग्रेसको आज प्रदेश अधिवेशन हुँदैछ ।

कांग्रेसले आज सात वटै प्रदेशमा एकैसाथ प्रदेश अधिवेशन गर्न लागेको हो । अधिवेशनको पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो दुई बजे भर्चुअल उद्घाटन गर्ने तयारी छ ।

कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार आज प्रदेश अधिवेशन उद्घाटन र भोलिदेखि निर्वाचन प्रकृया सुरु हुनेछ ।

प्रदेश–१ को अधिवेशन विराटनगरमा, प्रदेश–२ को जनकपुरमा, वाग्मतीको हेटौँडामा, गण्डकीको पोखरामा, लुम्बिनीको बुटवलमा, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा अधिवेशन हुने कांग्रेसले जनाएको छ ।

प्रदेश अधिवेशनका लागि तीन/तीन जनाका दरले २१ जना अधिकृत तोकिएको कांग्रेस निर्वाचन समितिले छ । देश सङ्घीयतामा गएपछि कांग्रेसले सङ्गठन संरचना वडा, पालिका, प्रतिनिधि सभा/प्रदेश क्षेत्रीय, जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमिति बनाएको छ ।

हिजोसम्ममा कांग्रेसका ६१ जिल्लामा अधिवेशन सम्पन्न भएको छ । बाँकी रहेका १६ जिल्लाको अधिवेशन महाधिवेशनपछि हुने बताइएको छ ।
कांग्रेसको १४ औँ महाधिवेशन आउँदो २४ गतेदेखि काठमाडौँमा हुँदैछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ