पोखराको छोरेपाटनबाट २८९ एम्पुल लागु औषधसहित दुई युवक पक्राउ

पोखराको छोरेपाटनबाट २८९ एम्पुल लागु औषधसहित दुई युवक पक्राउ

arrested1

पोखरा। पोखराको छोरेपाटनबाट लागु औषधसहित दुई जना पक्राउ परेका छन्।

लागु औषधको कारोवार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले अवैध लागु औषधसहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा स्याङ्गजा जिल्ला पुतलीबजार नगरपालिका पौवेगौडे घर भइ पोखरा -१५ रामबजार बस्दै आएका २८ वर्षीय जोनी गुरुङ र तनहुँ शुक्लागण्डकी नगरपालिका -१६ ढोर वाराही बस्ने २६ वर्षीय पूर्ण बहादुर गुरुङ रहेका छन्।

प्रहरीले उनीहरुको साथबाट डाईजापाम ९६ एम्पुल, नुर्फिन ९७ एम्पुल र फेनारगन ९६ एम्पुल गरी जम्मा २८९ एम्पुल लागु औषध वरामद गरेको छ।

पक्राउ परेका उनीहरुमाथि लागु औषध मुद्धामा जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थपको अनुमति लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

वरामद भएको लागु औषध, मोवाइल र नगद

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ