कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

examination

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ ।

आज बसेको बोर्ड बैठकले नतिजा प्रकाशित गरेको हो ।

नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट http://www.neb.gov.np, नेपाल टेलिकमको वेबसाइट http://neb.ntc.net.np मा गएर हेर्न सकिन्छ ।

यस्तै, एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि neb लेखेर एक स्पेस दिइ आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नम्बरमा पठाउन सकिनेछ ।

कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो ।

कोरोना भाइरसको सङ्क्रमणको जोखिमका कारण यसपालि परीक्षा ढिलो गरी भएको थियो ।

परीक्षामा देशभरबाट तीन लाख ७५ हजार परीक्षार्थी सहभागी थिए ।

यस्तै, कोरोना भाइरसको सङ्क्रमण भएपछि परीक्षा दिन नपाएका विद्यार्थीका लागि हिजोदेखि परीक्षा सुरु भएको छ । उनीहरुको आउँदो बुधबारसम्म परीक्षा सञ्चालन हुने छ ।

परीक्षा सकिएको १० दिनभित्र नतिजा निकाल्ने बोर्डको तयारी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ