गण्डकीमा १६१ जनाको परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि

गण्डकीमा १६१ जनाको परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि

corona covid gandaki

पछिल्लो २४ घण्टामा गण्डकीका १६ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १६१ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

संक्रमण पुष्टि हुनेमा गण्डकीका पाँच जिल्लाका छन् । जसअन्तर्गत कास्कीका आठ जना, नवलपुरका पाँच जना, स्याङ्गजाका एक जना, पर्वतका एक जना र म्याग्दी जिल्लाका एक जना छन्। संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८७ हजार ९७३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट २१ जना संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ८६ हजार ४०८ पुगेको छ। अहिले प्रदेशभर १४५ सक्रिय संक्रमित छन् ।

गण्डकीमा अहिलेसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४२० पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ