पोखरेली पर्यटनकर्मीसँग मन्त्री आलेले भने – ‘ढुक्क हुनुहोस्, रत्नमन्दिर र हिमागृह छिट्टै म खुलाउँछु’

पोखरेली पर्यटनकर्मीसँग मन्त्री आलेले भने – ‘ढुक्क हुनुहोस्, रत्नमन्दिर र हिमागृह छिट्टै म खुलाउँछु’

prem ale pokhara

पोखरा । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पोखराको पर्यटन विकाससँगै रत्नमन्दिर र हिमागृह जसरी पनि खोल्न पहल गर्ने बताएका छन् ।

पोखरा पर्यटन परिषद्का २२ औं साधारणसभाको उद्घाटन कार्यक्रममा मन्त्री आलेले आफू पर्यटन विकास गर्नकै लागि मन्त्रीको जिम्मेवारी लिएको जनाउँदै पर्यटकीय नगरी पोखराको पर्यटनमा विशेष चासो दिने बताए । उनले भने– “मैले पोखराको रत्नमन्दिर हिमागृह खुाल गर्ने विषयमा धेरै समाचार पढें र यहाँ आउनु अघि पनि रक्षामन्त्रीसँग यसबारेमा बुझ्न प्रयास गरें, के कारणले खुल्न नसकेको हो, म काठमाडौं गएर बुझ्छु र छिट्टै खोल्न पहल गर्छु, ढुक्क हुनुहोस् म खुलाउँछु ।”

मन्त्री आलेले पर्यटन क्षेत्रका पूर्वाधार विकासका लागि संस्थागत सेटिङबाट हुने गरेको भ्रष्टाचार न्यूनिकरणका लागि आफूले विशेष पहल थालेर अगाडि बढेको बताए । उनले पोखरा विमानस्थल सञ्चालनका लागि आवश्यक रिठेपानीको डाँडा कटान लगायतका समस्यालाई गम्भिर रुपमा लिएको र त्यसको समाधानको लागि आफू प्रतिवद्ध रहेको बताए ।

गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणीभद्र शर्मा कँडेलले पोखरामा पर्यटन क्षेत्रको समस्याको बारेमा आफू अवगत रहेको जनाउँदै नीति बनाएर यसको समाधानको लागि पहल गरिरहेको जानकारी दिए । उनले संघीय पर्यटन ऐन बनेपछि प्रदेशको ऐन बनाउन सहज हुने जनाँउदै त्यो गाँठो फुकाउन संघीय मन्त्रीलाई ध्यानाकर्षण गराए । उनले निजी क्षेत्र प्रोत्साहन गर्ने प्रदेशको नीति रहेको जनाउँदै पर्यटन विकासमा नीजि क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ