पोखरा । पोखरा महानगरपालिका वडा नं. १९ पुरुन्चौरमा आयोजित निःशुल्क आँखा शिविरमा २९० जनाले सेवा लिएका छन् ।
पोखरा ५ स्थित स्वान्तसुखाय परोपकार प्रतिष्ठानले शनिबार पुरुन्चौरस्थित भारतीभवन स्कूलमा आँखा शिविर आयोजना गरेको थियो ।
हिमालयन आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरबाट १३ वर्षका बालकदेखि ८८ वर्षका वृद्धवृद्धाले पनि सेवा लिए ।
शिविरमा आँखा अस्पतालका नेत्र सहायक मिलन क्षेत्री, दीपा शाही, आस्तिका चौधरी, अशिम शाही र विशाल घर्तीले बिरामीका आँखा जाँच गरेका थिए ।
शिविरमा आएका आँखाका बिरामीलाई औषधि र चश्मा निःशुल्करुपमा वितरण गरिएको थियो ।
संस्थाका अध्यक्ष कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
अन्तरमनहरुको आनन्दका लागि परोपकार गरौं भन्ने मूल नाराका साथ २०७५ सालमा संस्था स्थापना भएको हो ।
संस्थामा हाल ९० जना आवद्ध छन् । संस्थाले आर्थिक अभावमा दाहसंस्कार गर्न कठिन हुनेहरुका लागि दाहसंस्कार खर्च व्यवस्थापन, गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
यसैगरी अध्ययन गर्नबाट बञ्चित भएका र विद्यालय पढाइबाट छुटेका श्रमिकका बालबालिकालाई अध्ययनमा जोड्ने, मानव सेवा आश्रमसँगको सहकार्यमा घरबार विहीनहरुको व्यवस्थापन र बाढी पीडितहरुलाई सहयोग गर्दै आएको संस्थाका अध्यक्ष डा. श्रेष्ठले जानकारी दिए ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह