पोखरा । नेकपा एमाले निकट अनेरास्ववियु गण्डकीले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढि शुल्क लिएको देखिएपछि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा तालावन्दी गरेको छ ।
संगठनका गण्डकी प्रदेश संयोजक प्रकाश पौडेलले मणिपाल मेडिकल कलेज अफ साइन्सले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा वढि शुल्क लिएकाले कलेज प्रशासनमा तालावन्दी गरेको वताए ।
विद्यार्थीलाई मर्का पार्नेगरी कलेजले विभिन्न शीर्षकमा ६ लाखको हाराहारीमा रकम मागेको आरोप अनेरास्ववियुले लगाएको छ । सो रकम घटाउन माग गर्दै आईतवार २४ घण्टे अल्टिमेटम दिएको अनेरास्ववियुले आफ्ना माग पूरा नगरेको भन्दै सोमवारदेखि कलेजको प्रशासनमा अनिश्चितकालिन तालावन्दी गरेको गण्डकी संयोजक पौडेलले वताए ।
‘हिजो (आइतबार) अवैध शुल्क उठाइरहेको जानकारी पाएपछि २४ घन्टाको अल्टिमेटम दिएका थियौं । तर, अस्पतालले बेवास्तापूर्ण तरिकाले चिठीको उत्तर दिएकाले तालाबन्दी गर्न बाध्य भएका हौं,’ संयोजक पौडेलले भने, ‘अब शुल्क फिर्ता नभएसम्म हामी हाम्रो आन्दोलन फिर्ता गर्दैनौं ।’
‘विद्यार्थीलाई लुटको शृङ्खला नरोक्ने कलेज प्रशासनको रबैयाले कारण कलेज प्रशासनमा अनिश्चितकालका लागि तालाबन्दी गरेको हो’, अध्यक्ष पौडेलले भने, ‘हाम्रा माग पुरा नभएमा थप कडा आन्दोलन गर्न बाध्य हुनेछौ ।’
चिकित्सा शिक्षामा मनोमानी बढेको भन्दै चिकित्सा शिक्षा आयोगले २ वर्षअघि मूल्य निर्धारण गरेको थियो । उक्त नियमअनुसार एमबीबीएस पढ्न काठमाडौं उपत्यकाभित्र ४० लाख र उपत्यका बाहिर ४४ लाख रुपैयाँ तोकेको थियो । तर, मणिपालले भने विभिन्न बहानामा विद्यार्थीसँग ६ लाख रुपैयाँसम्म बढी लिएको विद्यार्थीले आरोप लगाएका छन् ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’