काठमाडौँ । पूर्व मन्त्री हृदयेश त्रिपाठीले पनि नयाँ पार्टी घोषणा गर्ने भएका छन् ।
त्रिपाठीले मंसिर २८ गते जनता प्रगतिशील पार्टी नेपाल घोषणा गर्ने तयारी गरेका बुझिएको छ ।
तत्कालका लागि आफ्नो संयोजकत्वमा पार्टी घोषणा गर्ने र अन्य पदाधिकारीहरु पछि थप्दै जाने त्रिपाठीले बताएका छन् ।
हाल त्रिपाठीको समूहमा एक प्रतिनिधिसभा सदस्य, दुईजना प्रदेशसभा सदस्य तथा ईश्वरदयाल मिश्र, पशुपतिदयाल मिश्रलगायत छन्।
उनीहरूलाई समेटेर उनले पहिल्यै स्वतन्त्र राजनीतिक समूह गठन गरेका छन्। स्वतन्त्र राजनीतिक समूहको सम्पर्क कार्यालयसमेत खोलिएको छ। यसको कार्यालय बानेश्वर थापा गाउँमा राखिएको छ। त्रिपाठीलाई प्रतिनिधिसभा सदस्य ब्रिजेश गुप्ता तथा प्रदेशसभा सदस्य धर्म श्रीवास्तव र अजय शाहीले साथ दिएका छन्। यो समूहका नेताहरूले २०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा सूर्य चिह्न लिएर उम्मेदवारी दिएका थिए।
ओली सरकारमा मन्त्री हुनुअघि त्रिपाठीले काठमाडौँमा स्वतन्त्र राजनीतिक समूहको भेला गरेका थिए । त्यसबेला उनले आफू पार्टी खोल्ने तयारीमा लागेको घोषणा गरेका थिए। नयाँ पार्टी खोल्ने या नेपाल कम्युनिस्ट पार्टीसँग आफ्नो समूहलाई एकीकरण गर्ने घोषणा त्यसबेला उनले गरेका थिए। भेला गरेको केही दिनपछि नै उनी ओली सरकारमा संघीय मामिलामन्त्री भए । मन्त्रिमण्डल पुनर्गठनपछि उनी स्वास्थ्यमन्त्री भएका हुन्।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ