पोखरा । विश्वप्रसिद्ध भारतीय फर्निचर ब्राण्ड ‘भिवोन’का कुर्सीहरुको पोखरामा आधिकारिक रुपमा विक्रिवितरण शुरु भएको छ । फर्निचर व्यवसायमा पोखरामै अग्रणी मानिएको सिटीजन फर्निचर ट्रेड लिंक प्रालिले आधिकारिक रुपमा यो ब्राण्डका कुर्सीहरुको विक्रिवितरण शुरु गरेको हो । सिटीजन फर्निचर यो ब्राण्डका लागि प्रदेशस्तरिय आधिकारिक विक्रेता हो ।
लामो समय कार्यालयमा बसेर काम गर्ने कर्मचारीहरुमा कुर्सीको गुणस्तरकै कारण ढाड र घाँटी दुख्ने समस्या देखिने गरेकोले त्यस्तो समस्या नआउने गरि ‘भिवोन’ ब्राण्डका कुर्सीहरुको डिजाइन गरिएको कम्पनीले दाबी गरेको छ ।
‘यो यस्तो प्रिमियम ब्राण्ड हो कि कम्पनीले सम्पूर्ण हिसाबमा गुणस्तरको मापदण्ड पु¥याएर बनाएको छ । र, हाम्रो ब्राण्डका सम्पूर्ण प्रोडक्टहरु सर्टिफाइड हुन् ।’ भिवोन ब्राण्डको कन्ट्री सेल्स हेड प्रविन श्रीवास्तवले भने– ‘परम्परागत कुर्सीहरुको तुलनामा यी कुर्सीहरु धेरै हदसम्म बलियो र स्वस्थकर छन् ।’
नेपालमा यो ब्राण्डका कुर्सीहरु लञ्च भएको करिब एक वर्ष भैसकेको छ । र, यसको प्रयोग पछि प्रयोकर्ताहरुले दिएको रेटिङ पनि निकै अब्बल रहेको कम्पनीको दाबी छ । ‘हाम्रो कुर्सीहरुको प्रयोगपछि प्रयोगकर्ताहरुले निकै राम्रो प्रतिक्रिया दिनुभएको छ । यसले हामीलाई अझै बढि हौसला पनि मिलेको छ ।’ श्रीवास्तवले भने ।
कम्पनीले आफ्नो ब्राण्डका सबै डिजाइनका कुर्सीहरुमा २ वर्षको वारेन्टी दिएको छ । दुई वर्षको बीचमा कुर्सीहरुमा आउन सक्ने जुनसुकै खालको समस्यालाई कम्पनीले निशुल्क रुपमा ‘मेन्टेनेन्स’को सुविधा दिएको छ । पोखराको लागि आधिकारिक विक्रेता कम्पनी सिटीजन फर्निचर ट्रेड लिंक प्रालिले नै त्यसको सहजीकरण गर्नेछ ।
‘हामीले पोखरामा थुप्रै विदेशी ब्राण्डका फर्निचर सँगै स्थानियस्तरमा आफ्नै उत्पादनका फर्निचरहरु विक्रिवितरण गरिरहेका छौँ । यद्यपि यो ब्राण्डको विशेषताले हामीलाई पनि लोभ्याएकै कारण दुई कम्पनी बीच व्यवसायिक सहमती भएको हो ।’ सिटीजन फर्निचर ट्रेड लिंक प्रालिका संचालक दीपक कार्कीले भने– ‘हामीसँग जोडिनुभएका र जोडिनुहुने ग्राहकहरुले पक्कै पनि यो ब्राण्ड रुचाउनुहुनेछ भन्ने हामीलाई विश्वास छ ।’
भैरव ग्रुपद्वारा संचालित सिटीजन फर्निचरको पोखरा आउटलेट र फर्निचर उद्योग गरि हाल पोखरामा मात्रै करिब २ सय जना कर्मचारीहरु यो कम्पनीमा आबद्ध छन् ।
सम्बन्धित खबर
२०औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
पर्वतमा मोदीखोला संकटमा, लहरै चार वटा जलविद्युतका कारण सुख्खा
फेवातालमा जाल हान्दा एसएलआर फेला
बागलुङ स्कुल भ्यान दुर्घटना अपडेट: मृतकको संख्या २ पुग्यो, पोखरामा उपचाररत सुजलको मृत्यु
स्याङ्जामा १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
स्याङ्जा जिल्ला कारागारमा नेपाली सेनाको सुरक्षा, बिहीबार साँझदेखि जिम्मेवारी सम्हाल्यो
यो पनि पढौँ
महेन्द्रपुलमा रहेको काठमाडौं फ्रेस बेकरीले अखाद्य सामाग्री बेचेपछि २० हजार जरिवाना
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
बागलुङ स्कुल भ्यान दुर्घटना अपडेट: मृतकको संख्या २ पुग्यो, पोखरामा उपचाररत सुजलको मृत्यु
पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल नचल्नुमा चीन कारण होइन: लियाङ