धादिङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

धादिङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

accident

धादिङ । धादिङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका वडा नं २ बिहानी पम्प नजिकै आज बिहान बा४४प ९८३६ नं.को पल्सर मोटरसाइकल र बा६३प ४८३४ नं.को स्कुटर एकापसमा ठोक्किएर मोटरसाइकललाई ना६ख ७४९ नं.को ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार बेनीघाट रोराङ गाउँपालिका–१० का ३३ वर्षीय सुकबहादुर चेपाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका सिद्धलेक गाउँपालिका–१ का २५ वर्षीय सुरेन्द्र वाइबा र २८ वर्षीय सोनाम घलेको गजुरीमा रहेको स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds