पोखरा । नेपाली भाषा शिक्षक परिषद् कास्की, नेपालले माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता शनिवार सम्पन्न ग¥यो ।
प्रतियोगितामा ‘सामाजिक सञ्जालले विद्यार्थीमा पारेको प्रभाव’ शीर्षकमा १८ विद्यालयका विद्यार्थीहरु सहभागी भएका थिए । जसमा प्रतिभा माध्यमिक विद्यालय, नदीपुरकी छात्रा प्रकृति शर्मा प्रथम हुन सफल भइन् ।
केफ माध्यमिक विद्यालय, सिम्पानीकी छात्रा जागृति अधिकारी द्वितीय, बालप्रभात बोर्डिङ स्कूल, नयाँबजारका छात्र विमर्श कँडेल तृतीय र न्याश्नल इन्भ्यान्टिभ बोर्डिङ स्कुलकी छात्रा स्नेहा गिरीले सान्त्वना स्थान हासिल गरेका थिए ।
पृथ्वीनारायण क्याम्पस पोखराका सह–प्राध्यापक डा. नारायणप्रसाद अधिकारीको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा अधिकारीले नेपाली भाषा शिक्षक परिषद्ले गरेको कामको प्रशंसा गर्दै विद्यार्थी केन्द्रीत कार्यक्रमलाई निरन्तरता दिनु पर्नेमा जोड दिए ।
संस्थाका अध्यक्ष डिल्लीराम अर्यालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा संस्थाका सल्लाहकार तथा पृथ्वीनारायण क्याम्पसका उप–प्राध्यापक डा. पुण्यप्रसाद शर्मा, कुमुदिनी होम्स् गैह्रापाटनका संस्थापक प्रिन्सिपल आशोक पालिखे, होम्सकै सहायक प्रिन्सिपल मानबहादुर भुजेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संस्थाका उपाध्यक्ष विक्रम पौडेलले स्वागत मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रममा निर्णायकको रूपमा संस्थाका सल्लाहकार दिनेश सापकोटा, पार्वती खनालर इन्दिरा सापकोटा रहेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव सूर्यप्रसाद लम्सालले गरेका थिए ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन