पर्वतस्थित मोदी हिमाल हाइड्रोपावरको टनेलमा काम गर्ने क्रममा करेन्ट लागेर मजदुरको मृत्यु

पर्वतस्थित मोदी हिमाल हाइड्रोपावरको टनेलमा काम गर्ने क्रममा करेन्ट लागेर मजदुरको मृत्यु

tunnel

पर्वत।  निर्माणधिन मध्ये मोदी हिमाल हाइड्रोपावरको टनेलमा काम गर्ने क्रममा एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ।

जिल्लाको फलेवास नगरपालिका वडा नंवर -४ मणिकुवा स्थायी घर भइ हाल कास्कीको अन्नपूर्ण गाउँपालिका -५ नयाँपुल बस्दै आएका अन्दाजी ३२ वर्षीय गङ्गा बहादुर नेपालीको करेन्ट लागे पश्चात पानीमा डुबेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए।

उनका अनुसार नेपाली सोमबार बिहान अन्दाजी २० बजेको समयमा निर्माणधिन मध्य मोदी हिमाल हाईड्रोपावरको टेल लेस टनेलमा काम गर्ने क्रममा करेन्ट लागे पश्चात टनेलको पानीमा डुबेर बेपत्ता भएका थिए। घटनाको जानकारी लगत्तै हाइड्रोपावरका मजदुर र प्रहरीको टोलीले खोजिकार्य गरेपनि मंगलबार बिहान १० :४० बजेको समयमा नेपालीको शव भेटिएको थियो।

हाल घटनास्थलमा खटिएको प्रहरीको टोलीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान शुरु गरेको उपरीक्षक पौडेलले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ