पोखरामा पाँचौं पामे अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल हुने भएको छ । नेपाल सांकृतिक केन्द्रको आयोजनामा पुस १२ देखि १६ गतेसम्म चल्ने फेस्टिभलमा अमेरिका, अस्ट्रेलिया, युके, साउथ कोरिया लगायत २० राष्ट्रबाट फिल्म निर्माता तथा कलाकारको उपस्थिति रहने फेस्टिभल संयोजक प्रवीण टाक्की कार्कीले जानकारी दिए ।
कार्यक्रम अवधिभर १२ फिचर फिल्म, २८ सर्ट फिल्म, ९ विद्यार्थी फिल्मका साथै ५ फिल्म ओपन एयर प्रदर्शन हुनेछन् । कार्की भन्छन्, ‘कार्यक्रमको सुरुवात नेपाली चलचित्र वसन्जीको रेडकार्पेट प्रिमियरबाट हुनेछ भने समापन भारतीय चलचित्र फायर इन द माउन्टेनको एसियन प्रमियरसँगै हुनेछ ।’
फेस्टिभलमा विभिन्न विधामा अवार्ड वितरण गरिनेछ । जसमा सर्ट फिल्म अवार्ड, फिचर फिल्म अवार्ड, डकुमेन्ट्री अवार्ड, स्टुडेन्ट फिल्म अवार्ड, फिल्म कृटिक अवार्ड र अडियन्स च्वाइस अवार्ड रहने आयोजक कमिटीले जनाएको छ ।
फेस्टिभल अवधिभर स्वदेशी तथा विदेशी फिल्मकर्मीबाट एक्टिङ, इडिटिङ, छायांकन, प्रोड्क्सन डिजाइन, स्क्रन राइटिङ फिल्म प्रड्यिुसिङसम्बन्धी तालिम दिइने फेस्टिवलका सचिवालय नवराज सुवेदीले जनाएका छन् । तालिममा सहभागी हुन सामाजिक सञ्जालमार्फत आफ्नो नाम रजिस्टर गर्न सुवेदीले अनुरोध गरेका छन् ।
सुवेदी भन्छन्, ‘मास्टरक्लास र पोट्रेट फोटोग्राफी जर्मनी फोटोग्रफर ग्रेमी अर्वड विजेता एक्सेल हेल्लबिउर र को प्रोडक्सन मास्टरक्लास गोलुम मेनगाइडले तालिम दिनेछन् । एक्टिङ क्लास गुरुकुल थियटरले दिनेछन् ।’
फिल्म फेस्टिभलमा फोटो जर्नलिस्ट क्लबद्वारा फोटो प्रदर्शनी एवं अन्तक्र्रिया हुने फेस्टिभल म्यानेजर रिगेन्द्र गिरीले बताए ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो