पोखराको फेवातालमा माछाका भुरा छोडिएको छ । पोखरा महानगरपालिका वडा नम्वर १८ को वडास्तरीय वजेटबाट तालमा १६ हजार माछाका भुरा छाडिएको हो । सिल्भर कार्प र बिगहेड कार्प जातका माछा तालमा छाडिएको हो । पोखरा महानगरका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले पोखरा १८ खपौदीमा आयोजित कार्यक्रममा तालमा माछाका भुरा छाडिन् ।
उनले फेवातालमा पाइने स्थानीय जातका माछा संरक्षण गदै फेवातालका माछालाई ब्राण्डिङ गर्नुपर्नमा जोड दिइन् । गुरूङले फेवातालको माछा संरक्षण र व्राण्डिङ गर्नसके यहाँबाट आश्रित जलारी समुदायको जीवन आर्थिक रुपमा सवल हुने बताइन् । प्रमुख गुरुङले यहाँको जेठोबुढो धानलाई प्याकेजिं गरेर प्रवद्र्धन गर्ने काममा महानगर लागेको बताउदै यहाँको माछा धेरै उत्पादन गरेर विक्री गर्ने वातावरण बनाउन तयार रहेको बताइन् ।
उनले फेवातालको माछा पालनलाई आधुनिकीकरण गर्नुपर्ने खाँचो समेत औल्याए। उनले फेवाताल किनारमा बसेका जलारी समुदायलाई एकिकृत बस्ती निर्माण गर्ने योजना महानगरको रहेको समेत बताए ।
पोखरा महानगरका प्रवत्ता धनबहादुर नेपालीले फेवाताललाई थप आकर्षण बनाउन माछाको बारेमा अध्ययन गर्न थलोको रुपमा समेत विकास गर्न सकिने बताए । थरिथरिका माछाहरुलाई फेवातालमा पालन गर्नसके पर्यटकका लागि थप आकर्षण बन्ने उनको भनाई थियो । यहाँ उत्पादन हुने माछाले जलारी समुदायको जीवन समृद्ध हुने बताए ।
महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले फेवातालको स्वच्छ र सफा माछा विक्री वितरण गर्नुपर्नेमा जोड दिँदै त्यसको बजारीकरण विविधीकरण गर्नुपर्ने बताए ।
कार्यक्रममा ज्ञानबाहदुर जलारीले यहाँका जलारी समुदायको जीवन यापनमा माछाले भुमिका खेलेको बताउदै करेन्ट र विषादी प्रयोगले स्थानीय जातका माछा लोप हुदै गएको बताए। पोखरा महानगरपालिका वडा नम्वर १८ का वडा अध्यक्ष रणबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा ह्याप्पी भिलेज टोलविकास संस्थाका अध्यक्ष महेन्द्र थापा, वडा सचिव चन्द्रकान्त पौडेल लगायतले बोलेका थिए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु