काठमाडौँ । नेकपा एमालेले पदाधिकारीसहित ३४५ केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट गरेको छ । एमालेले अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै विभिन्न विभागका प्रमुखका साथै प्रदेश र जिल्ला इञ्चार्ज तोकेको हो ।
कार्य विभाजनअनुसार पार्टीको समग्र नेतृत्वमा केपी शर्मा ओली र नीति अनुसन्धान प्रतिष्ठानको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिइएको छ ।
यसैगरी उपाध्यक्षहरू युवराज ज्ञवालीले प्रदेश र स्थानीय तह संयोजन, अष्टलक्ष्मी शाक्यले राजनीतिक समन्वय संयोजन, रामबहादुर थापा ‘बादल’ले कूटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षा, विष्णुप्रसाद पौडेलले पार्टीको सांगठानिक कामको अनुगमन, सुवासचन्द्र नेम्वाङले संसदीय मामिला र सुरेन्द्रप्रसाद पाण्डेले राजकीय मामिलाको जिम्मा पाएका छन् ।
त्यसैगरि सांगठनिक कामको संयोजन गर्ने जिम्मेवारी महासचिव शंकर पोखरेलले पाउनु भएको छ । उपमहासचिवहरू प्रदीप ज्ञवालीले पार्टी स्कुल विभाग, पृथ्वीसुब्बा गुरुङले प्रचार तथा प्रकाशन विभाग र प्रेस चौतारी नेपाल तथा सम्बद्ध संगठनको इन्चार्जको जिम्मा पाउँदा विष्णु रिमालले निर्वाचन विभाग र आर्थिक तथा कोष व्यवस्थापनको जिम्मेवारी पाएका छन् ।
सचिव टोपबहादुर रायमाझीलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग प्रमुख र अर्का सचिव लेखराज भट्टराईलाई सुदूरपश्चिम प्रदेश इञ्चार्जको जिम्मेवारी दिइएको छ । यस्तै, सचिव गोकर्ण विष्टले उर्जा, जलस्रोत तथा सिँचाइ विभाग र प्रगतिशील तथा पेसागत इन्जिनियर्स एसोसिएशनको जिम्मेवारी पाउँदा अर्का सचिव योगेश भट्टराईले स्वास्थ्य तथा जनसङ्ख्या विभागको इञ्चार्ज र राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ तथा सम्बद्ध सङ्गठनहरुको जिम्मेवारी पाएका छन् भने स्थायी कमिटी सदस्य घनश्याम भुसालले अर्थ तथा योजना विभागको प्रमुख बनाइएको छ ।
हेर्नुहोस् सूचीः
[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”88559″ /]
सम्बन्धित खबर
बाढीपीडितका लागि कर्मचारीको तलबबाट ३६ करोड योगदान गरिने, बिदामा पनि काम गर्नुपर्ने
प्रधानमन्त्री र भौतिकमन्त्री बाढी प्रभावित क्षेत्र नुवाकोट पुगे
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
सभामुखको रूलिङ विपरित प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसद बैठकमा जाने
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो