स्कुटरको टायर पंचर भएर दुर्घटनामा परेकी तनहुँकी युवतीको उपचारका क्रममा मृत्यु

स्कुटरको टायर पंचर भएर दुर्घटनामा परेकी तनहुँकी युवतीको उपचारका क्रममा मृत्यु

accidentt

तनहुँ – स्कुटरको टायर पंचर भइ सडक दुर्घटनामा परेकी तनहुँकी युवतीको उपचारका क्रममा मृत्यु भएको छ।

गुडिरहेकै अवस्थामा ग १० प ८८५४ नंवरको स्कुटरको टायर पंचर भइ सडकमा पल्टिंदा घाइते भएकी शुक्लागण्डकी नगरपालिका -४ दुलेगौंडा निवासी २७ वर्षीया निसा थापाको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको गण्डकी प्रदेश प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार गत मंसिर २२ गते तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नं -७ सेराटार स्थित अकला मन्दिरबाट खैरेनिटारतर्फ जाँदै गर्दा उक्त स्कुटरको टायर पंचर भइ सडकमा पल्टिंदा थापा घाइते भएकी थिइन्।

दुर्घटनामा स्कुटर चालक पोखरा महानगरपालिका -२९ आदर्शचोक बस्ने ४० वर्षीय राम बहादुर थापा समेत घाइते भएका छन्। उनको बायाँ हातमा चोट लागेको छ भने स्वास्थ्य अवस्था सामान्य छ । यद्यपी घटनाका विषयमा अनुसन्धान भैरहेको उपरीक्षक पौडेलले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ