पोखरा । हाेम ग्राउण्ड पोखरा रंगशालामा नेपाल पुलिस क्लबलाई ३-१ ले पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । यस खेल लिगको इतिहासमा काठमाडौं बाहिर भएको पहिलो लिग खेल हो ।
मनाङले जीतसँगै अंक तालिकाको शीर्षस्थानमा २ अंकको अग्रता कायम गर्यो । यस जितसँगै मनाङको एएफसी कप छनोट खेल्ने सम्भावना बलियो बनेको छ ।
घरेलु मैदानमा मनाङलाई जित दिलाउन कप्तान अन्जन विष्ट नायक बने । उनले दुई गोल गरे । यस्तै, निशान लिम्बुको नाममा एक गोल रह्यो । पुलिसका सुमन लामाले एक गोल फर्काए ।
पोखरा रंगशालामा पुलिसका गोलरक्षक रोशन खड्काले बिर्सनलायक प्रदर्शन गरेको खेलमा अन्जन विष्टले २ गोल गरेपछि मनाङले पुलिसलाई हराएको हो । मनाङको जितमा अर्को गोल निशाल लिम्बुले गरेका थिए । पुलिसका लागि एक मात्र गोल पेनाल्टीमा सुमन लामाले फर्काएका थिए ।
खेलको १० औं मिनेटमा अन्जनको गोलबाट मनाङले अग्रता लिएको थियो । रक्षक दिनेश राजवंशीको लामो पासमा अञ्जनले जारी लिगमा पहिलो गोल गरे । पुलिसका गोलकिपर रोशन खड्का पेनाल्टी बक्स बाहिर निस्किएको मौकाको फाइदा उठाउँदै अन्जनले टोलीका गोल गरेका थिए ।
मध्यान्तर हुन १० मिनेट बाँकी रहँदा पुलिसका लागि सुमन लामाले पेनाल्टी गोलमार्फत बराबरी खेल फर्काएपछि पहिलो हाफ १–१ को बराबरीमा टुंगिएको थियो । मनाङका रक्षक सरोज योञ्जन लामाले १८ यार्ड बक्सभित्र पुलिसका फरवार्ड निर कुमार राईमाथि खराब फाउल गरे । त्यसपछि पुलिसले पेनाल्टी पाएको थियो । सोहि पेनाल्टीमार्फत सुमन लामाले पुलिसका लागि बराबरी गोल फर्काए ।
७३औं मिनेटमा अञ्जनले फ्रि–किकमार्फत दोस्रो गोल गर्दै टोलीलाई पुनःअग्रता दिलाए । ८३औं मिनेटमा मनाङ निशान लिम्बुले घरेलु टोलीका लागि तेस्रो गोल गरे ।
अघिल्लो दिन दशरथ रंगशालामा साविक विजेता मच्छिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले अलग अलग खेलमा बराबरी खेलेपछि मनाङले त्यसको फाइदा उठाउँदै शीर्षस्थानमा उक्लेको छ । सातौं चरणको समाप्तीमा ४ क्लब मनाङ, मच्छिन्द्र, आर्मी र एपिएफ फुटबल क्लबमध्ये अंकतालिकाको माथि रहने टोलीले एएफसी कप छनोटमा नेपालको प्रतिनिधित्व गर्नेछ । छैटौं चरणमा मच्छिन्द्रसँग खेल्नुअघि मनाङ (१३ अंक) ले दुई अंकको स्पष्ट अग्रता लिएको छ । दोस्रो स्थानको मच्छिन्द्रको ११ र तेस्रो स्थानको आर्मीको ९ अंक छ ।
मनाङले सातौं र आठौं चरणका खेल पनि पोखरा रंगशालामा नै खेल्नेछ । छैटौं चरणको खेलका लागि भने टोली काठमाडौं फर्कनेछ ।
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’