पोखरा । ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान), पश्चिमाञ्चल क्षेत्रीय संघ, पोखराले एक दिने पदयात्रा (हाइकिङ) कार्यक्रम गरेको छ । पोखरा महानगरपालिकाको वडा नम्बर १६ र १९ मा पर्ने घार्मी, कुरेचौर—ढिकीडाँडा भुप्राङकोट पदयात्रा मार्गको प्रवद्र्धन गर्न एक दिने हाइकिङ गरेको हो ।
‘ओझेलेमा परेका पर्यटकीय गन्तव्यहरुको पहिचान गरौं, दिगो पर्यटन, विकास प्रवद्र्धन र संरक्षण गरौं’ भन्ने नाराका साथ शनिबार हाइकिङ गरेको हो । कोरोना महामारीले थला परेको पर्यटनलाई चलायमान बनाउनका साथै एक दिने पदयात्रा कार्यक्रमको प्रवर्द्धन गर्न कार्यक्रम आयोजना गरिएको टान पोखराका अध्यक्ष सुशीलराज पौडेलले बताए । पौडेलले यस रुटको प्रवर्द्धन गर्न भ्रमण तालिका बनाई आफ्ना सदस्य कम्पनीमार्फत अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण गरिने बताए ।
कार्यक्रममा पूर्व मन्त्री तथा संघीय सांसद जगत विश्वकर्माले गण्डकी प्रदेशको समृद्धिको आधार नै पर्यटन भएकाले दिर्घकालीन योजनाका साथ घार्मी–कुरेचौर–ढिकीडाँडा–झुप्राङकोट पदमार्ग रुटलाई प्रवद्र्धन गर्न दिर्घकालीन योजनाका साथ अघि बढ्नुपर्ने बताए ।

पोखरा महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष जीवन आचार्यले पोखरा बजारबाट नजिकमा रहेर पनि ओझेलमा परेका पर्यटकीय स्थलहरुको प्रवर्द्धन गर्नुपर्ने बताए । ‘यस्ता कार्यक्रमले पदयात्रा मार्गको प्रवद्र्धन गर्न सहयोग गर्नेछ’ आचार्यले भने,‘ आगामी दिनमा टानसँग सहकार्य गरी पदयात्रा मार्गको प्रवर्द्धन गरिनेछ ।’ स्थानीय पर्यटन व्यवस्थापन समितिका उपाध्यक्ष डिल्ली पौडेलले पदमार्गको प्रवर्द्धन सँगसँगै पूर्वाधारमा पनि जोड दिनुपर्ने बताए ।
उक्त कार्यक्रममा टानमा आवद्ध सदस्य कम्पनीका प्रतिनिधिहरु, पोखराका पर्यटकीय संघ संस्थाका प्रतिनिधिहरु, मजदुर संगठनका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको कार्यक्रम संयोजक गोपालकृष्ण संग्रौलाले जानकारी दिए । कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १६ र १९ को समन्वयमा भएको टान सचिव मिलन तिवारीले जानकारी दिए ।
घार्मीबाट सुरु भएको पदयात्रा ढिकीडाँडा, कुरेचौरहुँदै भुप्राङकोट पुगेर समापन भएको थियो । उक्त रमणीय ठाँउबाट पोखरा बजारको साथै अन्नपूर्ण हिमश्रृंखलाको अवलोकन गर्न सकिने स्थानीय हरिलाल आचार्यले बताए । हाइकिङको क्रममा स्थानीयले पञ्चबाजाका साथमा स्वागत गरेका थिए भने गर्लाङ गाउँको सामुदायिक होमस्टे समेत सहभागीले अवलोकन गरेका थिए ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो