पोखराको सिमपानी र फुलबारीबाट २३७ एम्पुल लागु औषधसहित दुई जना पक्राउ

पोखराको सिमपानी र फुलबारीबाट २३७ एम्पुल लागु औषधसहित दुई जना पक्राउ

arrested

पोखरा।  कास्की प्रहरीले पोखरा दुई छुट्टाछुट्टै स्थानबाट लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ। सोमबार पोखरा महानगरपालिका वडा नं -११ फुलबारी र पोखरा -१ सिमपानीबाट अवैध लागु औषधसहित दुई जनालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पोखरा -११ फुलबारी बस्ने ३० वर्षीया श्रीमाया बिक भण्डारीको साथबाट औषध डाईजापाम -६२ एम्पुल, फेनेरागन- ६२ एम्पुल र नुर्फिन- ६२ एम्पुल गरी जम्मा १८६ एम्पुल लागु औषध र पोखरा -१ सिमपानी बस्ने ३७ वर्षीय बिर बहादुर तामाङ्गको साथबाट डाईजापाम -१७ एम्पुल, फेनेरागन- १७ एम्पुल र नुर्फिन- १७ एम्पुल गरि जम्मा ५१ एम्पुल लागु औषध वरामद गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनीहरु मध्ये श्रीमाया बिक भण्डारीलाई जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद र बिर बहादुर तामाङ्गलाई ७ दिनको म्याद थपको अनुमति लिएर लागु औषध सम्बन्धी कसुर अन्तर्गत थप कारवाही प्रक्रिया अगाडि बढाइएको कास्कीका निमित्त प्रहरी निरीक्षक तथा प्रहरी प्रवक्ता दिपक केसीले जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds