काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत हिजो (मङ्गलबार) सकिएको मतगणनामा २१ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।
हिजो सकिएको मत गणनाबाट प्रदेश १, बाग्मती, कर्णाली प्रदेश र मुस्लिमतर्फ तीन–तीन जना तथा मधेशीतर्फ नौ जना निर्वाचित भएका कांग्रेस निर्वाचन समितिले जनाएको छ ।
प्रदेश १ को खुलातर्फ अमृत अर्याल र राजीव कोइराला तथा प्रदेश १ को महिलातर्फ महेन्द्रकुमारी लिम्बु निर्वाचित भएका छन् । बाग्मती प्रदशेको खुलातर्फ ध्यानगोविन्द रञ्जित र राजेन्द्रकुमार केसी तथा वाग्मती प्रदेशको महिलातर्फ उर्मिला नेपाल केसी निर्वाचित भएका छन् ।
यस्तै कर्णालीको खुलातर्फ राजेशविक्रम शाही र कर्णबहादुर बुढा तथा महिलातर्फ जानकी सिंह निर्वाचित भएका छन् ।
मधेशी खुलातर्फ अजय चौरसिया, विनोद चौधरी, चन्द्रमोहन यादव, दिनेशकुमार यादव र महेन्द्रकुमार राय निर्वाचित भएका छन् । मधेशी महिलातर्फ मक्ताकुमारी यादव, मिनाक्षी झा, मञ्जुकुमारी यादव र नागिना यादव निर्वाचित भएका छन् ।
मुस्लिम खुलातर्फ अब्दुल रज्जाक र अब्दुल सतार तथा मुस्लिम महिलातर्फ जावेदा खातुन जागा निर्वाचित भएका छन् । यसअघि पदाधिकारीसँगै खुला केन्द्रीय सदस्य र महिला केन्द्रीय सदस्यको मत गणना भइसकेको छ ।
अरू क्लस्टरको मत गणना भइरहेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
सम्बन्धित खबर
बाढीपीडितका लागि कर्मचारीको तलबबाट ३६ करोड योगदान गरिने, बिदामा पनि काम गर्नुपर्ने
प्रधानमन्त्री र भौतिकमन्त्री बाढी प्रभावित क्षेत्र नुवाकोट पुगे
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
सभामुखको रूलिङ विपरित प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसद बैठकमा जाने
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो