तनहुँको बन्दीपुर बसपार्कबाट अवैध गाँजासहित ३ जना पक्राउ

तनहुँको बन्दीपुर बसपार्कबाट अवैध गाँजासहित ३ जना पक्राउ

arrested

सांकेतिक तस्विर

तनहुँको बन्दीपुरबाट अवैध गाँजासहित तीन जना पक्राउ परेका छन्।

बन्दीपुर गाउँपालिका वडा नं -२ बन्दीपुर बसपार्कबाट सोही गाउँपालिका-६ धरमपानी बस्ने २७ वर्षीय राम गुरुङ लगायत तीन जनालाई २ सय ग्राम अवैध गाँजासहित सोमबार बेलुकी पक्राउ गरेको प्रहरीले जनाएको छ।

धरमपानीबाट काठमाडौंतर्फ जाँदै गरेको बा २ ज ३९९१ नम्बरको जिपलाई ईलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनीहरूलाई उक्त परिमाणमा लागु औषध फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ