पोखराको जैमुरीचोक र ड्यामसाइडबाट अवैध लागु औषधसहित दुई जना पक्राउ

पोखराको जैमुरीचोक र ड्यामसाइडबाट अवैध लागु औषधसहित दुई जना पक्राउ

drug

पोखरा।  कास्की प्रहरीले पोखराका दुई छुट्टाछुटै स्थानबाट लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ।

रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका -४ घर भइ हाल पोखरा महानगरपालिका वडा नं -१६ जैमुरीचोक बस्दै आएका ३२ वर्षीय अनिल खड्की र पोखरा -१७ ड्यामसाइड बस्ने ३५ वर्षीय दिपक भारतीलाई अवैध लागु औषधसहित पक्राउ गरिएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए।

तिवारीका अनुसार प्रहरीले खड्कीको साथबाट नाइट्रोभ्याट ८०५ चक्की, डाईजापाम -२१ एम्पुल, फेनारगन – २० एम्पुल र नुर्फिन- २१ एम्पुल गरी जम्मा ६२ एम्पुल लागु औषध वरामद गरेको छ भने, भारतीको साथबाट डाईजापाम -१८ एम्पुल, फेनारगन -१८ एम्पुल र नुर्फिन -१८ एम्पुल गरि जम्मा ५४ एम्पुल लागु औषध वरामद गरेको छ।

पक्राउ परेका उनीहरुमाथि लागु औषध सम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट ७ र १० दिनको म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइएको प्रवक्ता तिवारीले बताए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ