पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले हाम्रो मुलुकमा मनाइने चाडपर्वहरुले विविध सांस्कृतिक पहिचान बोकेका समुदायबीच सद्भाव र समन्वयका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका छन् ।
ख्रीष्टियन समुदायको महान पर्व ख्रीष्टमसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले नेपाली समाज विविध धर्म र संस्कृतिको संगमस्थल रहेको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली ख्रीस्टियन समुदायमा यस पर्वको पावन अवसरमा सुख, सुस्वास्थ्य एवं समृद्धिको शुभकामना व्यक्त गर्दछु ।’ राजनीतिक परिवर्तनसँगै नेपालको संविधानले सबै धर्म र संस्कृतिको सम्मान र धार्मिक सांस्कृतिक स्वतन्त्रतालाई अंगीकार गरेको उनले सन्देशमा उल्लेख गरेका छन् । नेपालको संविधान २०७२ ले धर्म निरपेक्षतालाई आत्मसात गर्दै जुनसुकै धर्ममा आस्था राख्ने नागरिकप्रति भेदभाव नगर्ने कुराको प्रत्याभूति संविधानले गरेको समेत सन्देशमा मुख्यमन्त्रीले जनाएका छन् ।
सन्देशमा उनले भनेका छन्, ‘दुई शतक अगाडि येशु ख्रीष्टले दिनुभएका सन्देमूलक उपदेश अझै पनि हाम्रा लागि उपयोगी छन् । यस पर्वले सबै नेपालीबीच आपसी प्रेम, वन्धुत्व, एकताको भावना बढाएर शान्त र समृद्ध नेपाल निर्माण गर्न सबैमा प्रेरणा प्रदान गर्नेछ भन्ने कामना गर्दछु ।’
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’