लोहोरोले हानेर श्रीमान्‌ले गरे श्रीमतीको हत्या

लोहोरोले हानेर श्रीमान्‌ले गरे श्रीमतीको हत्या

इन्द्रकुमार नेम्वाङले लोहोरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । फाल्गुनन्द गाउँपालिका-२ इम्बुङका पुस ९ दिउँसो घरायसी झगडाका क्रममा नेम्वाङले प्रहार गरेको लोहोरोले लागेर ४५ वर्षीया जीवनकुमारी नेम्वाङ गम्भीर घाइते भएकी थिइन । उनको उपचारका क्रममा मृत्यु भएको हो ।

जीवनकुमारीको टाउकोमा लोहोरोले लागेको थियो । उनको झापाको बिर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो ।

जीवनकुमारीको मृत्युपछि मात्रै घटनाबारे थाहा पाएको प्रहरीले जनाएको छ । प्रहरीले इन्द्रकुमारलाई घरैबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds