पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङमा जारी २० औ संकरणको ल्होसार सेन्चुरी मेलामा आज (सोमबार) देखि बास्केटबल प्रतियोगिता सुरु भएको छ ।
तमु समुदायको पर्व ल्होसारको अवसरमा आयोजित सेन्चुरी मेलामा बास्केटबल र भलिबल प्रतियोगिता सुरु भएको क्लबका अध्यक्ष मिकास गुरुङले बताए । उनका अनुसार बास्केटबल तर्फ ५ खेल सम्पन्न भएका छन् । पहिलो खेलबाट आयोजक टिम ‘ए’ले बिजयी सुरुवात गरेको छ । सेन्चुरी भेट्रान्सलाई आयोजक टिम ‘ए’ले ५०–२४ ले पराजित गर्याे । यसैगरी दोस्रो खेलमा याङजाकोटले आयोजक टोली ‘बी’लाई ३४–१३ ले हराउदै अघिल्लो चरणमा प्रवेश गर्याे ।
तेस्रो खेलमा सेन्चुरी भेट्रान्सलाई ग्यागोथरले ५६–३१ ले पराजित गर्याे । यसैगरी चौथो खेलमा आयोजक टोली ‘बी’लाई ७९–१६ को फराकिलो स्कोर सहित पराजित गर्दै दोस्रो चरणका लागि स्थान बनायो ।
यसैगरि भलिबल तर्फ याङ्जाकोटले आयोजक टोली ‘बी’लाई २५–१९ २५–२१ को सोझो सेटमा पराजिगत गर्याे । यसैगरी दोस्रो खेलमा माछापुच्छ्रे युवा क्लबले आयोजक टिम ‘सी’लाई २९–३१, २५–१२ २५–१२ को सेटमा हराउँदै दोस्रो चरणमा प्रवेश गर्याे ।
मेलाको तेस्रो दिन मंगलबार पनि भलिबल तथा बास्केटबलका बाँकी खेल हुने अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार भलिबल प्रतियोगिताका लागि १४ टिम र बास्केटबलतर्फ १० टिम सहभागि छन् । दुवै प्रतियोगिताको विजेता टिमले २५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । भने दोस्रो र तेस्रो हुने टिमले क्रमशः १५ र ८ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
ब्रिजकोर्स र तयारी कक्षा रोक्ने शिक्षामन्त्रीको निर्णय २४ घण्टा पनि टिकेन
एमाले सांसदले प्रधानमन्त्रीसँग भने- केपी ओली रिहा गर्नुपर्यो, स्वकीय सचिव खै ?
प्रहरीले पिछा गरेपछि मालढुङ्गा पुलबाट हामफालेका विशालको खोजी जारी
कलाकार सागर लम्साल ‘बले’माथि बलात्कार आरोप