पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बहुधार्मिक, बहुभाषिक, बहुजातीय र बहुसाँस्कृतिक विविधतायुक्त हाम्रो मुलुकको सबैभन्दा सुन्दर पक्ष सर्वस्वीकार्य र सहअस्तित्व रहेको बताएका छन् ।
गुरुङ समुदायको नयाँ वर्ष एवं सबैभन्दा ठूलो पर्व तमु ल्होसारका अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले विविध समुदायले बनाउने पर्वहरुले सामाजिकसद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको डोरीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।
उनले यस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका दाजुभाइ तथा दिदीबहिनीमासुख, शान्ति, समृद्धि, सुस्वास्थ्यको कामना गरेका छन् ।
नेपालको संविधान २०७२ को महत्वपूर्ण उपलब्धि लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता रहेको भन्दै मुख्यमन्त्री पोखरेलले गुरुङ समुदायले परम्परादेखि पुस १५ का दिन मनाउँदै आएको यस पर्व नेपाली सांस्कृतिक परम्पराका लागि उदाहरणीय रहेको उल्लेख गरेका छन् ।
गुरुङ समुदायको परम्परागत पात्रो अनुसार पुस १५ गते अर्थात् ल्सोसार नयाँ वर्षको दिन हो । यस दिनमा आफन्त, कुलकुटुम्बसँग भेटघाटका साथै भोजभतेर खुवाउने तथा शुभकामना आदान प्रदान गर्ने चलन छ । नेपालमा गुरुङ समुदायले धेरै पहिलादेखि संस्कृति र परम्पराको संरक्षण गर्दै आएको छ ।
उनले भनेका छन्, ‘यस पर्वले अझै उक्त समुदायको मौलिक परम्परा र सांस्कृतिक महत्वको पक्षलाई उजागर गर्ने छ ।सबै नेपालीबीच आपसी प्रेम, वन्धुत्व र एकताको भावना बढाएर शान्त अनि समृद्ध नेपाल निर्माण गर्न सबैमा प्रेरणा प्रदान गर्नेछ भन्ने कामना गर्दछु ।’
तमु ल्होसारका दिन पुस १५ गते गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’