नवलपुरको मध्यविन्दुमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

नवलपुरको मध्यविन्दुमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

tiger

कमला राना।  नवलपुरमा बाघको आक्रमणबाट एक जनाकाे ज्यान गएको छ । मध्यविन्दु नगरपालिका वडा नम्बर १२ अरुङखाेलाका ३९ वर्षीय बरिसा सारुकाे बाघको अक्रमणबाट ज्यान गएको हाे ।

शुक्रबार विहान नजिकैकाे जंगलमा पात टिप्न गएको समयमा बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी गराएको छ ।

मृतक सारुसँगै गएका स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो ।

नवलपुरमा यस अघि मंसिर महिनामा बाघको आक्रमणमा परि एकजना पुरुषकाे ज्यान गएको थियो । त्यस क्षेत्र आसपासमा बाघको आतंक रहेको भन्दै विनयी त्रिवेणी गाउँ पालिकाले स्थानीय गाउँ बासीलाई जंगल क्षेत्रमा नजान सूचना जारि गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ