म्याग्दीमा तीन तला माथिबाट खसेर एक पुरुषको मृत्यु

म्याग्दीमा तीन तला माथिबाट खसेर एक पुरुषको मृत्यु

death body

 म्याग्दी। म्याग्दीमा निर्माणाधीन घरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

अन्नपूर्ण गाउँपालिका–७ हिस्तान बस्ने ३४ वर्षीय कृष्ण पुनको सोमबार दिउँसो मृत्यु भएको हो ।

बेनी नगरपालिका–७ मंगलाघाटस्थित हिरा भण्डारीको निर्माणाधीन घरमा काम गर्ने क्रममा पुन अचानक खसेका थिए ।

तीन तलाबाट खसेर गम्भीर घाइते भएका पुनको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds