गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखराको जिरो किमि स्थित पामे चापाकोट सुनचाँदी दुकानमा गत पुस १६ गते सिक्री चोरी गरी फरार महिलालाई प्रहरीले पक्राउ गर्न सकेन । ४ दिन हुँदासम्म चोरिएको सिक्री नपाएपछि सञ्चालक केशव घतानेलाई महिला पक्राउ गरी प्रहरीले सुन फिर्ता गर्छ भन्ने आश मरिसकेको थियो ।
यही सूचना प्राप्त गरेपछि गण्डकन्यूजले सञ्चालक केशवलाई सोमबार साँझ सम्पर्क गर्याे । केशवले घटनाबारे बेलिविस्तार लगाए । कास्की प्रहरीलाई घटनाबारे सोध्दा अनविज्ञ पाइयो । कास्की प्रहरीको कन्ट्रोलमा समेत जानकारी नगराइएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले गण्डकन्यूजलाई बताए । त्यसपछि जिरोकिमि क्षेत्र हेर्ने वडा प्रहरी कार्यालय बैदामका डिएसपी चिनिमाया तामाङलाई सम्पर्क गर्दा उनले निवेदन आएको स्विकार गरिन् । प्रहरीले ट्याक्सी पत्ता लगाई महिला ओरालेको ठाउँमा पुगी सर्च गरेको समेत बताईन् । त्यसपछि प्रहरीले ४ दिन सर्च गरिरहेको भनिरह्यो तर युवती पक्रन सकेको थिएन ।
गण्डकन्यूजमा सोमबार नै समाचार प्रकाशित भएपछि मंगलबार दिउँसो ‘समाचार डिलिट गरिदिनुस्, म सिक्री दिन्छु’ भन्दै सम्पर्कमा आएकी छन् । ति युवतीले भनेकी छन् ‘मेरो बारेमा आएको समाचार हटाइदिनुस् न प्लिज, म दिन्छु भनेरै बसेको थिएँ । म पैसा नै दिन्छु । म जसरी नि दिने थिएँ । म त्यस्तो पनि होइन । त्यो बेला दिमाग के भयो । अब यस्तो हुँदा पनि हुँदैन ।’
सिसीटिभी फुटेजमा ३५ वर्ष माथिको महिला जस्ताे देखिएपनि उनी २१ वर्षीया युवती हुन् । ब्याचलर फर्स्ट ईयर अध्ययनरत बताउने उनले आफू पाल्पाको भनेकी छिन् । ‘पाल्पाबाट बोलेको हुँ बैंक खाता पठाउनू’ भन्दै फोन गरेकी उनी पोखराको लेकसाइडमै भेटिएकी छन् ।
वडा प्रहरी कार्यालय बैदाम कार्यालय प्रमुख डिएसपी चिनिमाया तामाङले युवतीलाई लेकसाइडबाट आज पक्राउ गरेको बताइन् । तर, युवती आफै समाचार डिलिट गरिदिनुस् भन्दै सम्पर्कमा आएकी हुन् । यसपछि मात्र प्रहरीले युवतीलाई नियन्त्रणमा लिएको हो । डिएसपी तामाङले बाँकी सबै ‘प्रवक्ता साब’ बाट बुझ्न भन्दै पन्छिइन् ।
कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले सम्बन्धित पसल सञ्चालकबाट जाहेरी नपरेको र युवती बैदाम हिरासतमा रहेको बताए । उनले अहिले परिचय खुलाउन नमिल्ने भन्दै घटनाबारे थप जानकारी दिएनन् ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
बुबाको हत्या आरोपमा छोरालाई कारागार
इनिसाको पोस्टमार्टम रिपोर्ट: बलपूर्वक यौनसम्पर्कले मृत्यु, यस्तो छ प्रेमी भनिएका किशोरको बयान
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह