पोखरामा काम लगाइदिने बहानामा दिदी-बहिनीलाई बेहोस पारी भारतमा पुर्‍याएर बिक्री

पोखरामा काम लगाइदिने बहानामा दिदी-बहिनीलाई बेहोस पारी भारतमा पुर्‍याएर बिक्री

traffiking

काठमाण्डौ।  युवतीलाई पोखरा लैजान्छु भन्दै भारतमा लगेर बेचबिखन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं -५ निवासी २६ वर्षीया अनिशा तामाङ भन्ने फुलमाया तामाङले पीडित युवतीलाई विभिन्न प्रलोभनमा पारी पोखरा लैजान्छु भन्दै भारतको कोठीमा लगेर बेचबिखन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

घटना २०७४ साल साउन महिनाको हो। तामाङले पीडित भनिएकी युवतीलाई पोखराको एक होटलमा नाच्ने तथा बाँकी समय आफ्नै घरमा घरायसी काम गर्नुपर्ने त्यसवापत राम्रो आम्दानि हुने भन्दै विभिन्न प्रलोभनमा पारी काठमाडौं आकाशेधारास्थित होटलमा लगि चाउमिनमा वेहोश हुने औषधी मिसाएर खुवाएकी थिइन्। बेहोश भएकी युवतीलाई तामाङले भारतको बम्बई, ईलाहाबाद, कलकत्ता तथा कुचबिहारको कोठीहरुमा पुर्‍याई पटक-पटक बेचबिखन गरी वेश्यावृत्तीमा लाग्न वाध्य पारेकी थिइन्।

सोही क्रममा पीडित युवती भारतीय प्रहरीको सम्पर्कमा आइन्। र, प्रहरीको समन्वयमा नेपाली राजदुताबास तथा नेपालस्थित विश्व सेवा बिस्तार संस्थाको सहयोगमा गत असोज २३ गते नेपाल फर्कन सफल भएकी थिइन्।  पछि पीडित महिलाकै जाहेरीका आधारमा प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० कपनबाट तमाङलाई पक्राउ गरेको हो ।

हाल पक्राउ परेकी तामाङमाथि थप अनुसन्धान भइरहेको व्यूरोले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ