कास्कीमा बढ्न थाल्यो संक्रमितको संख्या, आइतबार थप ३५ जनामा संक्रमण पुष्टि

कास्कीमा बढ्न थाल्यो संक्रमितको संख्या, आइतबार थप ३५ जनामा संक्रमण पुष्टि

Gandaki covid corona 3

पछिल्लो २४ घण्टामा गण्डकीका ३८ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका २१३ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आइतबार संक्रमण पुष्टि हुनेमा गण्डकीका तीन जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १९१ जनाको परीक्षण गर्दा ३५ जना, लमजुङका तीन जनाको परीक्षण गर्दा दुई जना र नवलपुरका १९ जनाको परीक्षण गर्दा एक जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको। आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८८ हजार ५७६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट सात जना संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ८६ हजार ९४६ पुगेको छ। भने, अहिले प्रदेशभर २०३ जना सक्रिय संक्रमित छन् ।

गण्डकीमा अहिलेसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४२७ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds