कास्कीका १९६ को परीक्षण गर्दा ५४ जनामा कोरोना संक्रमण, २०२ सक्रिय संक्रमित

कास्कीका १९६ को परीक्षण गर्दा ५४ जनामा कोरोना संक्रमण, २०२ सक्रिय संक्रमित

corona covid gandaki

पछिल्लो २४ घण्टामा गण्डकीका ७० जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका २४१ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आइतबार संक्रमण पुष्टि हुनेमा गण्डकीका पाँच जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १९६ को परीक्षण गर्दा ५४ जना, तनहुँका नौ जनाको गर्दा तीन जना, लमजुङका चार जनाको परीक्षण गर्दा तीन जना र नवलपुरका २१ जनाको परीक्षण गर्दा सात जना, स्याङ्गजाका पाँच जनाको परीक्षण गर्दा दुई जना र पर्वत जिल्लाका छ जनाको परीक्षण गर्दा एक जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको छ । आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८८ हजार ६४६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट १४ जना संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ८६ हजार ९६० पुगेको छ। भने, अहिले प्रदेशभर २५९ जना सक्रिय संक्रमित छन् ।

गण्डकीमा अहिलेसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४२७ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ