पाहुनाको हत्या आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ

पाहुनाको हत्या आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ

मोरङ । उत्तरी मोरङमा घरमा आएका वृद्ध पाहुनाको हत्या आरोपमा अर्का वृद्ध पक्राउ परेका छन् ।

लेटाङ नगरपालिका– २ फडानीमा ६० वर्षीय वृद्ध प्रेमबहादुर बुढाथोकीको हत्याको आरोपमा ८१ वर्षीय वृद्ध डम्बरबहादुर भुजेल पक्राउ परेका हुन्।

सोमबार बेलुका भुजेलको आँगनमा बुढाथोकीको शव भेटिएको थियो । बुढाथोकी भुजेलकोमा पाहुना लाग्न आएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृतकको टाउकोमा बन्चरो वा त्यस्तै धारिलो हतियारले प्रहार गरेको देखिन्छ ।

भुजेलले शव घिसारेर घर नजिकैको बाँसघारीतिर लैजादै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

बुढाथोकीको घर लेटाङमै भए पनि उनी घरमा भन्दा अन्यत्रै बढी बस्ने गरेको स्थानीयले बताएको प्रहरी भनाइ छ ।

सोमबार बेलुका मृतक र हत्या आरोपी वृद्धसँगै मदिरा सेवन गरेको स्थानीयले बताएका छन्। मदिरा सेवनपछिको विवादका कारण हत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ ।

पक्राउ परेका भुजेललाई इलाका प्रहरी कार्यालय लेटाङमा राखिएको छ। शव पोष्टमार्टमका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds