मोरङ । उत्तरी मोरङमा घरमा आएका वृद्ध पाहुनाको हत्या आरोपमा अर्का वृद्ध पक्राउ परेका छन् ।
लेटाङ नगरपालिका– २ फडानीमा ६० वर्षीय वृद्ध प्रेमबहादुर बुढाथोकीको हत्याको आरोपमा ८१ वर्षीय वृद्ध डम्बरबहादुर भुजेल पक्राउ परेका हुन्।
सोमबार बेलुका भुजेलको आँगनमा बुढाथोकीको शव भेटिएको थियो । बुढाथोकी भुजेलकोमा पाहुना लाग्न आएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मृतकको टाउकोमा बन्चरो वा त्यस्तै धारिलो हतियारले प्रहार गरेको देखिन्छ ।
भुजेलले शव घिसारेर घर नजिकैको बाँसघारीतिर लैजादै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।
बुढाथोकीको घर लेटाङमै भए पनि उनी घरमा भन्दा अन्यत्रै बढी बस्ने गरेको स्थानीयले बताएको प्रहरी भनाइ छ ।
सोमबार बेलुका मृतक र हत्या आरोपी वृद्धसँगै मदिरा सेवन गरेको स्थानीयले बताएका छन्। मदिरा सेवनपछिको विवादका कारण हत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ ।
पक्राउ परेका भुजेललाई इलाका प्रहरी कार्यालय लेटाङमा राखिएको छ। शव पोष्टमार्टमका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
सुधारको नाममा राज्यका संस्थाहरू क्रमश: व्यक्ति केन्द्रित बनाइँदैछ: ओली
हर्कको श्रम संस्कृति पार्टीमा सुदन, बने वरिष्ठ नेता
प्रधानन्यायाधीश सिफारिसमा आपत्ति जनाउँदै हर्कले भने- चुपचाप घण्टी छापको करामत !
प्रधानन्यायाधीशमा तोडियो वरिष्ठताको परम्परा, बालेन सरकारले चौथो वरीयताका शर्मालाई प्रधानन्यायाधीश बनाउँदै
काठमाडौं जिल्लामा मात्रै २६ सय ८७ घरमा चलाइयो डोजर, झण्डै साढे १५ हजार विस्थापित
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’