धादिङमा बाटो खन्ने क्रममा पहिरो जाँदा डोजरसहित ३ जना बेपत्ता

धादिङमा बाटो खन्ने क्रममा पहिरो जाँदा डोजरसहित ३ जना बेपत्ता

pahiro

धादिङ । धादिङमा पहिरो जाँदा डोजरसहित तीन जना बेपत्ता भएका छन् ।

रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो जाँदा उनीहरु बेपत्ता भएका हुन् ।

वेपत्ता हुनेहरुमा डोजरका चालक, सहचालक र उपभोक्ता समितिका एक जना रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

उद्धार तथा बेपत्ताको खोजीका लागि प्रहरी परिचालन गरिएको बताइएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds