धादिङ पहिरोः बेपत्ता हुनेको पहिचान खुल्यो

धादिङ पहिरोः बेपत्ता हुनेको पहिचान खुल्यो

pahiro- sanket

सांकेतिक तस्विर

धादिङ । धादिङको रुबीभ्यालीमा आज बाटो खन्ने क्रममा पहिरोमा पुरिएर बेपत्ता भएकाहरुको पहिचान खुलेको छ ।

उत्तरी धादिङको रुबिभ्याली गाउँपालिका– १ पुरुमा आज बिहान पहिरोले डोजरसहित तीन जना पुरिएका थिए ।

पहिरोमा परी बेपत्ता हुनेमा डोजर चालक सिन्धुपाल्चोकका आकाश तामाङ, सहचालक राजु तामाङ र स्थानीय धन तामाङ रहेका छन् ।

यसैबीच, धादिङबाट सशस्त्र प्रहरीका इन्सपेक्टर, नेपाल प्रहरीका इन्सपेक्टर र गाउँपालिकाका अध्यक्षसहितको टोली हेलिकप्टरबाट रुबीभ्याली प्रस्थान गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds