पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कोरोना भाइरसको तेस्रो लहर ओमिक्रोनको संक्रमण व्यापकरुपमा फैलिइरहेकाले स्वास्थ्य मापदण्ड अपनाएर सजग भई पर्व मनाउन आग्रह गरेका छन् ।
माघे संक्रान्ति अर्थात् माघी पर्व २०७८ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरुमा आरोग्य, समृद्धि, सुख शान्ति एवं उत्तरोत्तर प्रगतिको कामना समेत गरेका छन् । उनले भनेका छन्, ‘यस दिनलाई भिन्न समुदायले आआफ्नै तरिकाले मनाउने गर्नुभएको छ । थारु, मगर र छन्त्याल समुदायका लागि माघे संक्रान्ति अर्थात् माघी ठूलो पर्व हो ।’
खगोल शास्त्रका अनुसार यो दिनमा सूर्य धनु राशीबाट मकर राशिमा प्रवेश गर्दछ । त्यसैले यस दिनलाई मकर सक्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । पौराणिक, धार्मिक एवं सामाजिक महत्व बोकेको यस पर्वले नेपालको मौलिक परम्परा र सांस्कृतिक महत्वको पक्षलाई उजागर गर्दै आएको छ ।
मुख्यमन्त्री पोखरेलले नेपालको संविधान २०७२ को महत्वपूर्ण उपलब्धि लोकतान्त्रिक गणतन्त्र, संघीयता अनि धर्मनिरपेक्षता रहेको जनाएका छन् । बहुधार्मिक, बहुभाषिक, बहुजातीय र बहुसाँस्कृतिक विविधता नै हाम्रो मुलुकको सबैभन्दा सुन्दर पक्ष रहेको उनको भनाइ छ ।
शुभकामना सन्देशमा उनले भनेका छन्, ‘यो र यस्तै पर्वहरुले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको डोरीलाई थप मजबुत बनाउने विश्वास मैले लिएको छु ।’ यस पर्वले सबै नेपालीबीच आपसी प्रेम, वन्धुत्व र एकताको भावना बढाएर शान्त अनि समृद्ध नेपाल निर्माण गर्न सबैमा प्रेरणा प्रदान गर्ने विश्वास आफूले लिएको उनले उल्लेख गरेका छन् ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ