मोटरहेड पोखरा शोरुम ‘मल्टिस्टार मोटर्स’बाट मोटरसाइकल किन्दा १० आकर्षक ‘स्योर सट अफर’

मोटरहेड पोखरा शोरुम ‘मल्टिस्टार मोटर्स’बाट मोटरसाइकल किन्दा १० आकर्षक ‘स्योर सट अफर’

271439357_1065791380633118_1151571538276920043_n

मोटरहेडको पोखराका लागि आधिकारिक विक्रेता पर्स्याङमा रहेको ‘मल्टिस्टार मोटर्स’ले माघ महिनाभरका लागि विशेष अफर ल्याएको छ ।

मोटरहेड स्योर सट अफर २०७८ नाम दिइएको सो अफर अन्तर्गत उपलब्ध विभिन्न रोचक १० अफर मध्ये एक अफर रोज्न सकिने छ । कुनै पनि मोडलको मोटरहेड मोटरसाइकल किन्दा आफूलाई उपयुक्त लाग्ने यी अफर रोज्न सकिने छ :

१. २ वर्ष सम्म मोटरसाइकलका लागि निःशुल्क लुब्रिकेन्ट

२. कुश्मामा निःशुल्क बन्जी जम्प

३. निःशुल्क १०० लिटर पेट्रोल

४. निःशुल्क राइडिङ गियरं

५. पोखराबाट काठमाडौका लागि २ टिकट

६. २ वर्ष सम्म मोटरसाइकलको सर्भिसिङ निःशुल्क

७. पोखरामा निःशुल्क प्याराग्लाइडिङ

८. भाटभटेनी पोखरामा १० हजार रुपैयाँ सम्मको निःशुल्क सपिङ

९. निःशुल्क एकाउस्टिक गितार

१०. पोखराको थ्री स्टार होटलमा २ जनालाई वान नाइट स्टे

यी सबै अफर पोखरा शोरुममा मात्र उपलब्ध हुनेछ । सबै कम्पनीहरुले नगद छुट दिने ट्रेन्ड रहेको समयमा अलि फरकपन देखाउनका लागि यस प्रकारको अफर उपलब्ध गराएको मल्टी स्टार मोटर्सका सञ्चालक इन्द्र गिरीले बताए ।

यो अफर आगामी माघ २९ गते सम्म सञ्चालन हुनेछ ।

पोखराको लागि विक्रेता ‘मल्टि स्टार मोटर्स’

पोखरा र आसपासका युवाले मोटरसाइकल खरीदका लागि पोखरा-५ पर्स्याङमा रहेको मल्टिस्टार मोटर्स प्रालि.मा सम्पर्क गर्न सक्नेछन् । शोरुमको सम्पर्क नम्बर ०६१–५३२३६० हो । मोटरहेडको विभिन्न मोडलहरु उपलब्ध रहेको गिरीले जनाए ।

कम्पनीका अनुसार मोटरहेड बाइक नेपालका सबै भू–भागका लागि उपयुक्त मानिएको छ । मोटरहेड ब्रान्डको डर्ट, क्रसओभर र स्क्र्याम्ब्लर सेग्मेन्टका बाइकलाई बिक्रि गर्दै आएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ