मोटरहेडको पोखराका लागि आधिकारिक विक्रेता पर्स्याङमा रहेको ‘मल्टिस्टार मोटर्स’ले माघ महिनाभरका लागि विशेष अफर ल्याएको छ ।
मोटरहेड स्योर सट अफर २०७८ नाम दिइएको सो अफर अन्तर्गत उपलब्ध विभिन्न रोचक १० अफर मध्ये एक अफर रोज्न सकिने छ । कुनै पनि मोडलको मोटरहेड मोटरसाइकल किन्दा आफूलाई उपयुक्त लाग्ने यी अफर रोज्न सकिने छ :
१. २ वर्ष सम्म मोटरसाइकलका लागि निःशुल्क लुब्रिकेन्ट
२. कुश्मामा निःशुल्क बन्जी जम्प
३. निःशुल्क १०० लिटर पेट्रोल
४. निःशुल्क राइडिङ गियरं
५. पोखराबाट काठमाडौका लागि २ टिकट
६. २ वर्ष सम्म मोटरसाइकलको सर्भिसिङ निःशुल्क
७. पोखरामा निःशुल्क प्याराग्लाइडिङ
८. भाटभटेनी पोखरामा १० हजार रुपैयाँ सम्मको निःशुल्क सपिङ
९. निःशुल्क एकाउस्टिक गितार
१०. पोखराको थ्री स्टार होटलमा २ जनालाई वान नाइट स्टे
यी सबै अफर पोखरा शोरुममा मात्र उपलब्ध हुनेछ । सबै कम्पनीहरुले नगद छुट दिने ट्रेन्ड रहेको समयमा अलि फरकपन देखाउनका लागि यस प्रकारको अफर उपलब्ध गराएको मल्टी स्टार मोटर्सका सञ्चालक इन्द्र गिरीले बताए ।
यो अफर आगामी माघ २९ गते सम्म सञ्चालन हुनेछ ।
पोखराको लागि विक्रेता ‘मल्टि स्टार मोटर्स’
पोखरा र आसपासका युवाले मोटरसाइकल खरीदका लागि पोखरा-५ पर्स्याङमा रहेको मल्टिस्टार मोटर्स प्रालि.मा सम्पर्क गर्न सक्नेछन् । शोरुमको सम्पर्क नम्बर ०६१–५३२३६० हो । मोटरहेडको विभिन्न मोडलहरु उपलब्ध रहेको गिरीले जनाए ।
कम्पनीका अनुसार मोटरहेड बाइक नेपालका सबै भू–भागका लागि उपयुक्त मानिएको छ । मोटरहेड ब्रान्डको डर्ट, क्रसओभर र स्क्र्याम्ब्लर सेग्मेन्टका बाइकलाई बिक्रि गर्दै आएको छ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो