पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुको प्रदर्शन

पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुको प्रदर्शन

petrol

पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि विरुद्ध नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले पोखरामा विरोध प्रदर्शन गरेको छ । मूल्यवृद्धि फिर्ता लिन माग गर्दै अनेरास्ववियु कास्कीले मोटरसाइकल र स्कुटर डोहोर्याउँदै विरोध प्रदर्शन गरेको हो ।

पोखराको मानव अधिकारचोकदेखि महेन्द्रपुलसम्म विद्यार्थीहरुले मोटरसाइकल र स्कुटर नचलाई डोहोर्याएका थिए । उनीहरुले स्कुटर र मोटरसाइकलका अगाडि ‘मूल्यवृद्धि फिर्ता गर’, ‘२४ लाख डोज खोप खै ?’ भन्ने प्लेकार्ड टाँसेका थिए ।

अनेरास्ववियु कास्कीका सहसंयोजक सन्तोष पोखरेलले परमादेशी सरकारले मुल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको आरोप लगाउँदै सांकेतिक रुपमा अनेरास्ववियुले विरोध प्रदर्शन गरेको बताए ।

अनेरास्ववियुका केन्द्रीय सदस्य महेन्द्र उपाध्याय ‘मन्नु’ले मुल्यवृद्धि विरुद्ध सांकेतिक रुपमा नाराबाजी र भाषण विना मोटरसाइकल र स्कुटर डोहोर्याएर विरोध प्रदर्शन गरेको जनाए । सरकारले जनताको ढाड सेक्ने काम छिटोभन्दा छिटो बन्द गर्न आग्रह गर्दै रचनात्मक रुपमा विरोध गरिएको उपाध्यायले बताए ।

नेपाल आयाल निगमले बुधबार साँझ पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा साविकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपियाँ वृद्धि गरेको छ । मूल्य वृद्धिसँगै अब पेट्रोलको प्रतिलिटर १३९ रुपैँया पुगेको छ भने डिजेल र मट्टितेल १२२ रुपैयाँ पुगेको छ । त्यस्तै, आन्तरिक हवाई इन्धनमा पाँच रुपैंया वृद्धि गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds