बेनी–जोमसोम सडक माघ १० गतेदेखि दैनिक ६ घण्टा बन्द हुने

बेनी–जोमसोम सडक माघ १० गतेदेखि दैनिक ६ घण्टा बन्द हुने

सङकेतिक चिन्ह

राष्ट्रिय गौरवको आयोजनामा बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड दैनिक छ घण्टा बन्द हुने भएको छ ।

सडक खण्डको स्तरोन्नतिसँगै नियमित र सहजरुपमा गाडी सञ्चालनको सम्भावना नभएपछि जिल्ला प्रशासन कार्यालयले टाइम कार्ड लागू गरेको हो ।

गण्डकी प्रदेशको ‘लाइफलाइन’ कालीगण्डकी करिडोरअन्तर्गत उत्तर–दक्षिण जोड्ने सडक खण्डको अन्नपूर्ण गाउँपालिका–७ महभिर र वडा नं २ नौनीबगर खण्डमा सडक स्तरोन्नति गर्न समय तालिका लागू गरिएको हो ।

समय तालिका अनुसार २०७८ माघ १० गतेदेखि २१ गतेसम्म बिहान ८ देखि ११ बजे र दिउँसो १ बजेदेखि ४ बजेसम्म सडक बन्द गरिने छ ।

महभिर खण्डमा चट्टान काट्नुपर्ने र नौनीबगर खण्डमा विस्तार एवम् स्तरोन्नति गर्नका लागि समय तालिका जारी गरिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ