पोखरा जेसीजको बर्ष २०२२ का पदाधिकारीहरुलाई पदीय जिम्मेवारीको दायित्व वोध गराउने उद्देश्यका साथ शाखा पदाधिकारी तालिम सम्पन्न भएको छ ।
दुई चरणमा गरिएको उक्त कार्यक्रमको पहिलो चरणमा नेपाल जेसीजकी निरुपित राष्ट्रिय उपाध्यक्षको औपचारिक स्वागत कार्यक्रम तथा अन्र्तक्रिया कार्यक्रम राखिएको थियो भने दोस्रो चरणमा पदाधिकारी प्रशिक्षण कार्यक्रम राखिएको थियो । पोखरा जेसिसका पूर्व अध्यक्ष सिनेटर सुवास सिग्देल प्रमुख प्रशिक्षक रहेका थिए ।
कार्यक्रमको अध्यक्षता गरेका पोखरा जेसीजका अध्यक्ष मिनराज खड्काले जेसीज अभियान लाई अझै प्रभावकारी बनाउन उक्त तालिमले सकारात्मक भूमिका खेल्ने बताउँदै २०२२ लाई सम्पूर्ण रुपमा सफल बनाउनका लागि अगाडि बढ्न आव्हान गरेका थिए ।
कार्यक्रममा पोखरा जेसिसका पूर्व अध्यक्ष राजु केसी, रङ्गकर्मी तथा नायिका जान्वी बोहोरा लगायतले शुभकामना र प्रशिक्षार्थीलाई प्रोत्साहन मन्तव्य राखेका थिए ।
तालिम महासचिव प्रकाश घिमिरेले सञ्चालन गरेका थिए भने उपाध्यक्ष रविन्द्र गोदारले स्वागत तथा तालिम आयुक्त भाइराज रानामगरले समापन गरेका थिए । कार्यक्रमको संयोजन एलबीएन चेयरपर्सन निश्चल खरेलले गरेका थिए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु