उखुबारीमा गाडिएको अवस्थामा दुई जनाको शव भेटियो

उखुबारीमा गाडिएको अवस्थामा दुई जनाको शव भेटियो

morang-ukhubari

मोरङको धनपालथान गाउँपालिका–७ कमलपुर बस्ती नजिकको उखुबारीमा दुई जनाको शव भेटिएको छ ।

उखुबारीमा २० देखि २५ मिटरको दुरीमा दुई वटा खाल्डोमा गाडिएको अवस्थामा दुई जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । शव कसको हो भन्नेबारे भने खुलेको छैन ।

उखुबारीमा रहेका दुई खाल्डामध्ये एउटामा बुधबार शव भेटिएको थियो भने अर्को खाल्डोमा पनि बिहीबार उत्खनन गर्दा शव भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले शव खाल्डोबाट बाहिर निकालेको छैन । अहिले तालिमप्राप्त कुकुरसहितको अनुसन्धान टोली पनि घटनास्थलमा पुगेको छ ।

शवको प्रकृति हेर्दा हत्या गरी गाडेको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds