जिल्ला अदालत महोत्तरीले जसपा मधेस प्रदेशका सांसद कौशलकुमार यादवसहित १९ जनाको सम्पत्ति रोक्का गर्न आदेश दिएको छ ।
मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या अभियोगलागेका यादव सहितको सम्पत्ति रोक्का गर्न आदेश दिईएको हो ।
वि.स.२०७२ भदौ २५ मा जलेश्वरमा आन्दोलनका बेला सशस्त्र प्रहरीका असई विक घाईते भएका थिए । उनलाई उपचारका लागि जनकपुर ल्याउने क्रममा महोत्तरी गाउँपालिकाको सनोखरा गाउँ नजिकै एम्बुलेन्सबाट थुतेर असई विकको हत्या गरिएको थियो ।
जिल्ला अदालत महोत्तरीमा २२ जनामाथि हत्या मुद्दा दर्ता भएको छ । जसमध्ये मधेस प्रदेश सांसद अभिराम शर्मा, जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र र तत्कालीन राजपाकै सुरेश पाण्डे अदालतमा हाजिर भएर वि.स.२०७५ साउन २९ मा साधारण तारिखमा रिहा भएका थिए ।
तत्कालीन राजपाबाटै निर्वाचित मेयर मिश्र अहिले लोसपामा छन् । अभिराम शर्मा मधेस प्रदेशका पूर्व राज्यमन्त्री हुन् । उनी राज्यमन्त्री बन्ने भएपछि अदालतमा हाजिर भएका थिए । उनीसँगै मेयर मिश्र र नेता पाण्डे अदालतमा हाजिर भएका थिए ।
हाजिर नभएका उक्त घटनाका आरोपी जसपा सांसद यादवसहित १९ जनाको सम्पत्ति रोक्का गर्न हिजो अदालतले आदेश दिएको हो ।
अदालतका स्रेस्तेदार मदन जयसवालका अनुसार अनुसार कर्तव्य ज्यान मुद्दामा प्रदेश सांसद यादव, विकी साह, चन्देश्वर साह, नरेश साह, रामराजा साह, गोलु साह, हरिओमकुमार भगत, रवीन्द्र चमार, रञ्जीत साह, देवेन्द्र चौधरी, रमेशप्रसाद साह, सतिन्द्र चौधरी, फुले यादव, राजा चौधरी, रोहितकुमार शर्मा, लालबाबु बिन, शम्भु साह, देवेन्द्र यादव र अनिल ठाकुरको सम्पति रोक्का गर्न आदेश जारी भएको छ ।
सम्बन्धित खबर
मित्रराष्ट्रहरूसँग सरकारले माग्यो सहयोग
बाढी गएको चार दिनपछि टिमुरे-रसुवागढी क्षेत्रमा सरकारको उपस्थिति, चाउचाउ पुग्यो
अञ्जानमै कैद भएको दृश्य, त्यही पहिरोले ल्याएको थियो भोटेकोशीमा बाढी
बाढी प्रभावित क्षेत्रमा फोटो र भिडियो खिच्न नजानू : प्रहरी
मृत्य हुने पुष्टिको संख्या ६२६ पुग्यो, दुई हजार बढी बेपत्ता
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो