हेटौंडामा तेस्रोलिङ्गी एक युवतीलाई जबर्जस्ती करणी गरेर हत्या गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले मुख्य अभियुक्त तीन जनालाई जन्मकैदको फैसला सुनाएको छ ।
हत्याको घटनामा संलग्न रहेका अन्य तीन जनालाई अदालतले एक वर्षदेखि २४ वर्षसम्म कैद गर्ने फैसला गरेको छ ।
जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठको एकल ईजलासले उनीहरूलाई कैद र जरिवानाको फैसला गरेको हो ।
न्यायाधीश श्रेष्ठको इजलासले हेटौंडा उपमहानगरपालिका–११ घर भई हेटौंडा—१० मा बस्दै आएकी २९ वर्षीया तेस्रो लिङ्गी युवतीको जबर्जस्ती करणीपछि हत्या गरेको ठहर गर्दै हेटौंडा उपमहानगरपालिका–४ का २५ वर्षीय सुशील थापा मगर, २४ वर्षीय आशिष बल र २१ वर्षीय वुद्ध लामालाई जीवित रहेसम्म कैद गर्ने फैसला गरेको हो ।
त्यस्तै, शव लुकाउने कसुरमा सिमोन परियारलाई ४ वर्ष कैद, डाकाको कसुरमा ९ वर्ष कैद र ९० हजार जरिवाना तथा पीडितको परिवारलाई १ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको छ ।
यस्तै, हत्यामा संलग्न एक नाबालकलाई १६ वर्ष ८ महिना कैद, डाका कसुरमा ९ वर्ष कैद र ६० हजार जरिवाना तथा पीडित परिवारलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको छ ।
यसैगरी, अदालतले तेस्रो लिंगीको चोरी भएको मोबाइल प्रयोग गर्ने डोलमाया तामाङलाई पनि एक वर्ष कैद र १० हजार जरिवानाको फैसला गरेको छ । अदालतले पीडितको परिवारलाई पीडित राहत कोषबाट थप ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ ।
२०७६ माघ ४ गते बिहान कान्तिलोकपथस्थित हेटौंडा ५ क्याम्पाडाँडामा हत्या गरी फालिएको अवस्थामा तेस्रो लिङ्गी युवतीको शव फेला परेको थियो ।
सम्बन्धित खबर
सुधारको नाममा राज्यका संस्थाहरू क्रमश: व्यक्ति केन्द्रित बनाइँदैछ: ओली
हर्कको श्रम संस्कृति पार्टीमा सुदन, बने वरिष्ठ नेता
प्रधानन्यायाधीश सिफारिसमा आपत्ति जनाउँदै हर्कले भने- चुपचाप घण्टी छापको करामत !
प्रधानन्यायाधीशमा तोडियो वरिष्ठताको परम्परा, बालेन सरकारले चौथो वरीयताका शर्मालाई प्रधानन्यायाधीश बनाउँदै
काठमाडौं जिल्लामा मात्रै २६ सय ८७ घरमा चलाइयो डोजर, झण्डै साढे १५ हजार विस्थापित
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’