स्थापना दिवसमा प्रेस चौतारी कास्कीको शुभकामना

स्थापना दिवसमा प्रेस चौतारी कास्कीको शुभकामना

Press Chautari Kaski Thumbnail

पोखरा । प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा कास्की शाखाले शुभकामना व्यक्त गरेको छ । प्रेस चौतारी कास्कीले शुभकामना वक्तव्य जारी गर्दै आज प्रेस चौतारी नेपाल देशभरीका श्रमजीवी पत्रकारहरुको अभिभावक संस्था बन्न सकेकोमा कास्की शाखा त्यसको हिस्सेदार हुँदा गौरवान्वित महशुस गरेको उल्लेख गरेको छ ।

शाखाका अध्यक्ष अर्जुन गिरीले स्थापना दिवसको अवसरमा यसअघिका वर्षहरुमा विभिन्न कार्यक्रमको आयोजना गर्ने गरेकोमा यस वर्ष कोरोना महामारीका कारण र प्रशासनको स्वास्थ्य मापदण्ड सम्बन्धी निर्देशनको कार्यान्वयनका लागि कार्यक्रम आयोजना गर्न असमर्थ रहेको बताएका छन् ।

कोरोनाका कारण केही पत्रकार साथीहरु अस्वस्थसमेत रहेकाले उनीहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।

प्रेस चौतारी नेपालको नवौं महाधिवेशनको मिति स्थापना दिवसकै दिन पारेर घोषणा भएपनि कोरोनाको तेस्रो भेरियन्टले जनजीवन प्रभावित बनाउँदा स्थगन गरिएको अवस्था छ । प्रेस चौतारी कास्कीको आतिथ्यतामा पोखरामा हुने महाधिवेशन अवस्था सहज भएपछि हुनेछ । गठित मूल आयोजक समिति र उपसमितिहरुले काम गरिरहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ