एक पछि अर्को चर्चित र्निणय गर्दै आएको गण्डकी प्रदेशकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब गण्डकी प्रदेशका अस्पतालहरुमा बायोमेडिकल ईज्नीनियरको ब्यबस्था गर्ने तयारी पनि सुरु गरेको छ ।
मन्त्रालयले स्वास्थ्य निति जारी गरेपछि निति भित्र रहेका बिषयहरुलाई एक पछि अर्को गर्दै कार्यानवयनमा लैजाने स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङ्गले जानकारी दिए । उनले अस्पताल र अस्पतालमा उपकरणमा मात्र जोड दिने तर उपकरण बिग्रीएपछि बनाउन बर्षो लाग्ने अवस्थाको अन्त्य गर्न जरुरी रहेको उनको भनाई छ । पोखरामा सुरु भएको ट्रमा केयर तालिमको उदघाटन गर्ने क्रममा मन्त्री अधिकारीले गुणस्तरीय सेवाका लागि भएका उपकरणहरु सहि अवस्थामा राख्न सक्ने हुनका लागि योग्य जनशक्ति आबस्यक रहेको मन्त्रालयले महशुस गरेकोले सोही अनुसार अगाडी बढीने बताए । “स्वास्थ्य आम मानिसको पहुँचमा पुग्ने स्वास्थ्य निति बनाइएको छ, अब त्यो अनुसार काम अगाडी बढ्छ।”, उनले भने । कोरोना संक्रमणको समयमा राज्यले स्वास्थ्यमा लगानी गरेपछि त्यो लगानीलाई दिर्घकालिन बनाउन उजुरी रहेको उनको जोड थियो । प्रदेशका बिभिन्न स्थानमा रहेका अक्सीजन प्लान्ट अहिले प्रयोग बिहिन बनेको आफुलाई जानकारी आएको भन्दै उनले र्निमाण मात्र ठुलो कुरा हाईन प्रभावकारी हुने, नहुने मुख्य कुरा भएको बताए ।
कार्यक्रममा मन्त्रालयका सचिव श्रीराम तिवारीले आजको अवस्थामा पहाडी ईलाकामा ट्रमाको महत्व झन् बढी रहेको बताए । तालिमको उद्घाटन कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी गण्डकी प्रदेशका अध्यक्ष सुर्य ढकालले निःशुल्क रगत प्राप्त गर्ने ब्यबस्था आम नागरीकका लागि एक एतिहासिक महत्वको र्निणय भएको बताए । स्वास्थ्य मन्त्रालयको कार्यसम्पादनमा आफुहरु सन्तुष्ट रहेको उनको भनाई थियो ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’