पोखरा । एमसीसीको विरोधमा भोलि पोखरामा प्रदर्शन हुने भएको छ । एमसीसीविरुद्ध फागुन १ गते दिउँसो २ बजे देशका ७७ वटै जिल्लामा एकै पटक प्रदर्शन गर्ने भन्ने सत्तारुढ दल नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय सर्कुलर अनुसार कास्कीमा पनि प्रदर्शन गर्न लागिएको हो ।
कास्कीमा शनिबार सम्पन्न नेकपा एस सम्बद्ध मोर्चा संगठनहरुको संयुक्त बैठकले भोलि आइतबार पोखराको चिप्लेढुंगामा एमसीसीविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष पूर्ण लामाले जानकारी दिए ।
जिल्लामा उपलब्ध पार्टीका स्थायी कमिटी सदस्य, केन्द्रीय सदस्य तथा विभिन्न जन वर्गीय संगठनका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न बैठकको निर्णय अनुसार भोलि १ बजे पोखराको चिप्लेढुंगाको मानवअधिकार चोकबाट र्याली सहित विरोध प्रदर्शन गरिने र २ बजे महेन्द्रपुलमा पुगेर कोणसभाको आयोजना हुने उपाध्यक्ष लामाले बताए ।
बैठकमा बोल्दै पार्टीका स्थायी कमिटी सदस्य तुलबहादुर गुरुङ, पोलिटब्युरो सदस्य श्री नाथ बराल, केन्द्रीय सदस्य रत्ना गुरुङ, जिल्ला अध्यक्ष धनराज आचार्य लगायतले एमसीसी सम्झौता राष्ट्रको हितमा नरहेको भन्दै यही अवस्थामा कुनै पनि हालतमा एमसीसी टेबल हुन नहुने बताए ।
बैठकले फागुन २ गते बस्न लागेको संसद् बैठकमा प्रधानमन्त्री देउवाले राष्ट्रघाती सम्झौता एमसीसी टेबल गर्न चाहेको भन्दै त्यसका विरुद्ध दबाब सिर्जना गर्न पनि विरोध प्रदर्शनमा सहभागी हुन् सम्पूर्ण राष्ट्रप्रेमी जनसमुदायमा अपिल समेत गरेको छ ।
आदिवासी जनजाति महासंघका केन्द्रीय सचिव डीबी राईले स्वागत मन्तव्य राखेकाे कार्यक्रमकाे अध्यक्षता युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष पूर्ण लामाले गरेका थिए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु