एक महिनादेखि बन्द देशभरका शैक्षिक संस्थामा आजदेखि भौतिक उपस्थितिमै पठनपाठन हुँदैछ ।
कोभिड–१९ को तेस्रो लहरको जोखिम बढेसँगै गत पुस मध्यदेखि बन्द भएका शैक्षिक संस्थाहरु आजदेखि खुल्न थालेका हुन् ।
विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थी नियमित दैनिक रुपमा नै विद्यालय जानेछन् भने १२ वर्षभन्दा मुनिका बालबालिकालाई आलोपालो गरी पठनपाठन गराउनु पर्ने सरकारको निर्णय छ ।
गएको हप्ता कोभिड–१९स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीले विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी आजदेखि खुलाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गृह मन्त्रालयलाई सिफारिस गरेको थियो । त्यही सिफारिसअनुसार विद्यालय खुल्न लागेका हुन् ।
यसैगरी, कोभिडकै कारण बन्द गरिएका रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डान्स बारलगायत व्यवसाय पनि स्वास्थ्य मापदण्ड पालना गर्दै आजदेखि सञ्चालन गर्ने अनुमति सरकारले दिएको छ ।
त्यसैगरी, खेलकुद कार्यक्रम सञ्चालन गर्दा एक पटकमा कूल दर्शक क्षमताको ५० प्रतिशत मात्र उपस्थित हुनसक्ने गरी स्वास्थ्य मापदण्ड र सम्बन्धित खेलको अन्तर्राष्ट्रिय नियम परिपालन गरी सञ्चालन गर्न भनिएको छ ।
सम्बन्धित खबर
त्रिविका मौका परीक्षा दिन काठमाण्डु जान नपर्ने, अब क्षेत्रीय केन्द्रबाटै हुने
यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म
विश्व बजारमा प्रतिष्पर्धा गर्ने समयानुकुल शिक्षा आजको आवश्यकता: प्रदेश प्रमुख भट्ट
फागुन २१ निर्वाचनले एसइई परीक्षा प्रभावित हुने, परीक्षा मिति सार्ने तयारी
क्याम्पस पढाउन पनि अब लाइसेन्स आवश्यक
‘भोलि विद्यालय बन्द गर्ने निर्णय गरेका छैनौं’ – निजी विद्यालय सञ्चालक
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो