रेखा थापाले गरिन् अदालती विवाह

रेखा थापाले गरिन् अदालती विवाह

Rekha-couple1

चर्चित अभिनेत्री रेखा थापाले विवाह गरेकी छन् । उनले इजरायल बस्दै आएका जाजरकोटका बलराम शाहीसँग केही दिनअघि कोर्ट म्यारिज गरेको स्रोतले बताएको छ ।

थापा र शाही लामो समयदेखि प्रेममा थिए । ४० वर्षीय शाही ठकुरी हाल अमेरिका बस्दै आएका छन्। उनीहरूले काठमाडौं जिल्ला अदालतमा पुगेर विवाह गरेका हुन्।

नेपाली चलचित्र क्षेत्रकी सफल अभिनेत्री थापाको यो दोस्रो विवाह हो । थापाले यसअघि निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन्। उनीहरूले १० वर्षअघि डिभोर्स गरेका थिए।

हिरो चलचित्रबाट नेपाली सिने जगतमा डेब्यू गरेकी थापाले हिम्मत, किस्मत, कसले चो¥यो मेरो मनलगायत चलचित्रमा अभिनय गरेकी छन्। अभिनयसँगै थापाले विभिन्न चलचित्र निर्माण गरेकी छन्।

३७ वर्षीया थापा पछिल्लो राजनीतिमा पनि सक्रिय भएकी थिइन्। शाही भने पर्यटन व्यवसायी हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ