पोखरा । कास्की जिल्लाका जुनियर तथा युवा रेडक्रसका संरक्षक अर्थात् प्रधानाध्यापकहरुको २४ औं गोष्ठी शुक्रवार शिवशक्ति मा.वि, पोखरा ११ फुलबारीमा सम्पन्न भएको छ ।
कास्की जिल्लाका ७३ विद्यालका प्रधानाध्यापकहरुको सहभागिता रहेको उक्त गोष्ठिको शिक्षा विकास तथा समन्वय इकाई समितिका प्रमुख नारायण प्रसाद सुवेदी र कास्की रेडक्रसका सभापति डोलराज पाण्डेयले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै शिक्षा विकास समन्वय ईकाइका प्रमुख सुवेदीले विद्यमान समाजमा मानवता हराउँदै गएकाले विद्यालय तहमै कक्षा शिक्षणका साथै रेडक्रसका सिद्धान्तहरुको अध्ययन तथा अभ्यास गराउन सके विद्यार्थीहरुमा सामाजिक भावनाको विकास हुने भन्दै सम्पूर्ण विद्यालयमा जुनियर तथा युवा रेडक्रस सर्कल गठन गरी विद्यार्थीहरुलाई सकृयता गराउन प्रधानाध्यापकहरुलाई निर्देशन दिए ।
कास्की रेडक्रसका सभापति पाण्डेले संगठनको उद्देश्य प्राप्तिका लागि जुनियर तथा युवाहरुको नेतृत्व तथा सीप विकासका गरी दक्ष स्वयंसेवक मार्फत मानवीय कार्य गर्न युवा तथा जुनियर रेडक्रस सर्कल उपयोगी हुने बताए ।
गोष्ठिमा रेडक्रस अभियान सम्बन्धी सहजीकरण कास्की रेडक्रसका उपसभापति कृष्ण तिमिल्सिनाले गरेका थिए भने नेपाल रेडक्रस सोसाइटी, कास्की शाखा अन्तर्गत शैक्षिक सत्र २०७९ का लागि प्रतियोगितातर्फ कविता, वक्तृत्वकला, चित्रकला, हाजिरीजवाफ, लोकगीत, निबन्ध तथा एल्वम प्रतियोगिता र गोष्ठी तथा प्रशिक्षण तर्फ ३९ औं जुनियर युवा तथा शिक्षक नायक गोष्ठि, २५ औं संरक्षक गोष्ठि, आधारभुत प्राथमिक उपचार, विपद् ब्यवस्थापन, सरुवा रोग संक्रमण सचेतना, जलवायु परिवर्तन र चेतनामुलक कार्यक्रम संचालन हुने नेपाल रेडक्रस सोसाइटी कास्कीका सदस्य एवं जुनियर युवा समितिका संयोजक बिष्णुप्रसाद भण्डारीले जानकारी दिए ।
रेडक्रसका ७ सिद्धान्तहरुको बारेमा शिवशक्ति यु.रे.स.का अध्यक्ष धनवीर नाल्वोले गरेका थिए भने गोष्ठिको औचित्यमाथि जुनियर युवा समितिका सदस्य सुर्यप्रसाद तिमिल्सिनाले प्रकाश पारेका थिए ।
कार्यक्रम जुनियर युवा समिति कास्कीका संयोजक बिष्णुप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो । स्वागत मन्तव्य शिव शक्ति माविका प्रधानाध्यापक शम्भुराज बास्तोलाले राखेका थिए भने जुनियर युवा समिति कास्कीका सचिव मित्रलाल सुवेदीले संचालन गरेका थिए ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ